२०७९ चैत्र १८ शनिबार

मोटरसाइकलको कर फागुन मसान्त भित्र बुझाएमा ५ वर्षको जरिवाना छुट

मोटरसाइकलको कर फागुन मसान्त भित्र बुझाएमा ५ वर्षको जरिवाना छुट

काठमाडौं – आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट हुने भएको छ । बिहीबार एक सूचना प्रकाशित गरि यातायात व्यवस्था कार्यालय मोटरसाइकल, काठमाडौंले यस्तो जानकारी दिएको हो ।

कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ । प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि विभागले भनेको छ ।

सवारी साधन कर नतिरेमा सरकारी बक्यौता सरह असुलउपर गरिने र त्यसका लागि स्थानीय तहहरूसँग समन्वयसमेत गरिएको कार्यालयले बताएको छ

२०७९ माघ २७, शुक्रबार प्रकाशित 0 Minutes 40 Views