२०७९ चैत्र १८ शनिबार

नगरकोट घुमाउन लाने भन्दै छोरा बुहारीले वृद्धाश्रममा लगेर छोडिदिए भन्दै भकानिदै बिचरा आमा…

नगरकोट घुमाउन लाने भन्दै छोरा बुहारीले वृद्धाश्रममा लगेर छोडिदिए भन्दै भकानिदै बिचरा आमा…

मंसिरको पारिलो घाम तापेर बसिरहेको थिएँ। बुढो शरीर, जतिजति छाला खुम्चिदै जान्छ, त्यतित्यति जाडोको महसुस हुँदो रहेछ। पत्रिकातिर यसो आँखा डुलाएँ। द्धन्द, बलात्कार अनि कोरोनाबाहेक केही समाचार भेटिएन। यस्तै यस्तै समाचारले मथिङ्गल घुमाइरह्यो।

 

जेठो छोरा नजिक आएर भन्यो, ‘बुवा आज सबैको विदाको दिन। कहीँ घुम्न जाउँ न।’ छोराले यति मिठोसँग घुम्ने प्रस्ताव राख्यो कि, मैले नाई भन्नै सकिनँ। उत्सुक हुँदैंँ सोधेंँ, ‘घुम्न कहाँ जाने बाबु?’ छोराले निर्धक्क भएर भन्यो, ‘नगरकोट गएर भोलि फर्किने हुन्न बुवा।’ छोराको कुरा सुनेर मन प्रसन्न भयो। सानो–सानोमा म उसलाई घुमाउँथें।

२०७९ फाल्गुन २, मंगलवार प्रकाशित 1 Minute 39 Views