२०८० जेष्ठ २३ मंगलवार

गायिका त्रिशला गुरुङ र संगीतकार रोहित शाक्यले गरे बिहे

गायिका त्रिशला गुरुङ र संगीतकार रोहित शाक्यले गरे बिहे

गायिका त्रिशला गुरुङले बिहे गरेकी छन्। उनले संगीतकार रोहित शाक्यसँग बिहे गरेकी हुन्।

गत भदौमा त्रिशलाले आफू रोहितसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन्।

इन्स्टाग्राममा रोहितसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘मैले भर्खरै महसुस गरेँ कि हामी लामो समयसम्म साथी बन्न सक्छौं। तिमी मेरो हौ, र तिमीलाई थाहा छ त्यसैले म तिमीलाई मन पराउँछु।’

तर यसलगत्तै उनले यो कुरामा सत्यता नभएको अभिव्यक्ति दिएकी थिइन्।

गायिका त्रिशला कभर गीत गाएर चर्चामा आएका थिइन्। उनी पेसाले डाक्टर हुन्। अत्तरखेलस्थित नेपाल मेडिकल कलेजबाट एमबिबिएस पढाइ सकाएकी उनी संगीत क्षेत्रमा पनि सक्रिय छिन्।

२०७९ फाल्गुन ५, शुक्रबार प्रकाशित 1 Minute 88 Views