२०७९ चैत्र १८ शनिबार

नेपालवाट भारत लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने

नेपालवाट भारत लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको बेनीस्थित कालीगण्डकीबाट लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको छ ।

विशेषज्ञबीचको विवादका कारण शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको हो । शालिग्रामलाई पुजिने भएकाले शालिग्राममा घन, छिना , हतौडाको प्रयोग गर्न नहुने शन्तहरुको तर्क छ ।सोही कारण अब अयोध्यायमा कालीगण्डकीको शालिग्राम ठाउँमा सगमर , ग्रिनाइट वा मार्वलको प्रयोग गर्न सकिने जनाइएको छ ।

राम मन्दिर निर्माण समितिका अध्यक्ष दिवेन्द्र मिश्रालाई उध्रदत गर्दै भारतीय संचार माध्यम टिभीनाइनले जनाए अनुसार उक्त शालिग्रामलाई भारत पुर्याइएसँगै भक्तजन, सादु शान्त र विशेषज्ञबीच उक्त शालिग्रामबाट मूर्ति निर्माण गर्ने वा नगर्ने भन्ने विवाद उत्पन्न भएको थियो ।

२०७९ फाल्गुन ५, शुक्रबार प्रकाशित 0 Minutes 65 Views