२०८० जेष्ठ २३ मंगलवार

पल शाह आलु हो ! मेरा लागि शाहरुख खान हाेः पूजा शर्मा

पल शाह आलु हो ! मेरा लागि शाहरुख खान हाेः पूजा शर्मा

चलचित्र ‘मनसँग मन’को विशेष शो गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो ।

विशेष शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताएकी छन् ।

पल शाहलाई सबैसँग मिल्ने आलुको रुपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको बताइन् । उनले पल शाह आफूलाई बलिउड अभिनेता शाहरुख खान झैँ लाग्ने बताइन् ।

उनले भनिन्, ‘पल आलु हो, जसरी आलु सबै तरकारीमा मिल्छ, त्यसरी नै पल पनि नेपाली चलचित्र क्षेत्रमा आलु जस्तै हो, उ सबैसँग मिल्छ । मैले पल नहुँदा अहिले धेरै मिस गरिरहेको छु ।अहिले चलचित्र क्षेत्र पल बिना खल्लो भइरहेको जस्तो भएको छ । म आफैँलाई पनि रमाइलो लागेको छैन । पल मलाई शाहरुख लाग्छ, पललाई देख्दा म शाहरुख नै देख्छु ।’

कार्यक्रममा अभिनेता पुष्प खड्काले यसअघिका फिल्ममा फिल्म नचलेपछि पैसा फिर्ता गर्नुभएको थियो, यो फिल्ममा के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा सबै फिल्म नचल्दैमा पैसा फिर्ता गर्ने हो भने घरखेत बेच्नुपर्ने भन्दै ठट्टा गरे ।

उनले भने, ‘सबै फिल्म चलेन भने पैसा फिर्ता गर्छु भन्दा त भएको घर खेत नै बेचेर आउनुपर्छ । पहिलो फिल्म कोरोनाको थियो, सो बेलामा चलचित्र चल्ने र व्यापार गर्ने सम्भावना कम नै थियो ।’

शुक्रबारबाट प्रदर्शन भएको चलचित्रमा कलाकारहरु पुष्प खड्का र वर्षा शिवाकोटीका साथै फिल्ममा पल शाह र पूजा शर्माले एउटा गीतमा नृत्य गरेका छन् । फिल्ममा वर्षा र पुष्पको अलवा वुद्धि तामाङ, रविन्द्र झाको मुख्य भुमिका छ ।

२०७९ फाल्गुन ६, शनिबार प्रकाशित 0 Minutes 49 Views