२०७९ चैत्र १८ शनिबार

एका बिहानै आयो खुसीको खबर खुसीको खबर, रबि लामिछानेको पासपोर्टमा देखिएन त्रुटि छानबिन नहुने पुन गृहमन्त्री ! सेयर गर्नुहोस्

एका बिहानै आयो खुसीको खबर खुसीको खबर, रबि लामिछानेको पासपोर्टमा देखिएन त्रुटि छानबिन नहुने पुन गृहमन्त्री ! सेयर गर्नुहोस्

एका बिहानै आयो खुसीको खबर खुसीको खबर, रबि लामिछानेको पासपोर्टमा देखिएन त्रुटि छानबिन नहुने पुन गृहमन्त्री ! सेयर गर्नुहोस्

’जिल्ला प्रहरी परिसर, काठमाडौंले निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको जाहेरी दर्ता लिन अस्वीकार गरेपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पेश गरेका थिए । सरकारी वकिलले जाहेरीमा उल्लेखित व्यहोरासँग सम्बन्धित कागजात र अरु विवरण मगाएको हो ।लामिछानेले १० फागुन २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सुरुमा नागरिकताको प्रमाणपत्र लिएका थिए ।

अमेरिका गएपछि उनले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०)मा त्यहाँको नागरिकता प्राप्त गरे । अमेरिकाको नागरिकता पाएपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए र १३ जेठमा नेपाली पासपोर्ट लिए ।लामिछाने नेपाल फर्कदा अमेरिकाको नागरिकता त्यागेका थिएनन् । १३ माघ २०७९ मा सर्वोच्च अदालतले विदेशको नागरिकता लिनेहरुको नेपाली नागरिकता कायम नरहने भनी व्याख्या गरेको थियो ।‘

कायम नभएको’ नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली पासपोर्ट लिएकोले उनीमाथि झुटो विवरण पेश गरेको आरोप लागेको हो ।पासपोर्ट लिने बेलामा फारम भर्दा आफ्नो नागरिकता खुलाउनुपर्छ, जसमा लामिछानेले अमेरिकी नागरिकता लुकाई आफू नेपाली नागरिक रहेको भनी नेपाली पासपोर्ट लिएका थिए ।करिव ३ वर्ष १ महिनासम्म उनले एकसाथ अमेरिका र नेपालको पासपोर्ट साथमा राखेका थिए ।

४ जेठ २०७५ मा अमेरिकी नागरिकता त्याग्ने निवेदन दिएका उनले ४० दिनपछि मात्रै त्यो प्रक्रिया पूरा भएको पत्र पाएका थिए ।एक सरकारी वकिलका अनुसार तीन निकायमा लामिछानेबारे फरक फरक विवरण मागिएको छ ।

राहदानी विभागमा पठाएको पत्रमा २८ वैशाख २०७२ मा लामिछानेले ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएको हो कि होइन भनी सोधिएको छ ।जिल्ला प्रशासन कार्यालयमा २८ वैशाख २०७२ मा रवि लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्र कायम थियो कि थिएन भनी विवरण खुलाएर पठाउनु भनिएको छ ।

सरकारी वकिल कार्यालय, काठमाडौंले अध्यागमन विभागलाई २८ वैशाख २०७२ मा लामिछानेले लिएको ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएपछि विदेश भ्रमण गरे/नगरेकोवारे विवरण पठाउन भनेको छ ।आफूविरुद्ध दोहोरो पासपोर्ट लिएको आरोप लागेपछि लामिछानेले त्यसलाई स्वीकारेका थिए, तर आफूले त्यो पासपोर्ट कहिल्यै प्रयोग नगरेको दाबी गरेका थिए

उनले २०७२ सालको पासपोर्ट केही दिनअघि मात्रै राहदानी विभागमा फिर्ता गरेका थिए । तर जाहेरीमा भएको व्यहोरा अनुसार, उनी दोहोरो पासपोर्ट लिएकै अवस्थामा नेपाली पासपोर्ट प्रयोग गरी संयुक्त अरव इमरेट्स, दक्षिण कोरिया र जापान पुगेका थिए ।तीनवटा निकायबाट विवरण आएपछि त्यसका आधारमा अघि बढ्ने सरकारी वकिलको तयारी छ ।

जाहेरीमा उल्लेखित व्यहोरा पुष्टि हुनेगरी कागजात आएमा त्यसका आधारमा छानबिन गर्नु भनी सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी पठाउनेछ ।मुलुकी फौजदारी कार्यविधि संहिता ऐनमा भएको व्यवस्था अनुसार, प्रहरीले जाहेरी नलिएर सरकारी वकिलले त्यसको दर्ता गरी प्रहरीलाई अघि बढाउन निर्देशन दिने व्यवस्था छ ।सर्वोच्च अदालतले लामिछानेको मुद्दाको विषयमा फैसला सुनाएलगत्तै उनीविरुद्ध प्रहरीमा जाहेरी दिने प्रयास भएको थियो ।

गृहमन्त्रालयले पठाएको पत्रका आधारमा यसअघि नै अनुसन्धान चलिरहेको भन्दै प्रहरीले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ आएपछि मात्रै जाहेरी लिन सकिने भन्दै दर्ता नगरी फर्काएको थियो ।रवि लामिछानेमाथिको आरोप पुष्टि भए उनीमाथि अहिलेको नभई २०२४ सालमा जारी भएको राहदानी ऐन अनुसार कारबाही हुने देखिन्छ ।

पुरानो ऐनको दफा ५ मा ‘जानीजानी झुट्टा विवरण दिई पासपोर्ट प्राप्त गरेमा वा प्राप्त गर्ने उद्योग गरेमा’ तीन वर्षसम्म कैद र तीसहजार रुपैयाँसम्म जरिवाना हुने भन्ने व्यवस्था छ ।लामिछानेविरुद्ध जाहेरी दिएका युवराज पौडेलले प्रहरीमा पेश गरेको जाहेरीको प्रतिलिपी अनौपचारिक रुपमा समेत महान्यायाधीवक्ता कार्यालयमा पुगेको छ । उनले जाहेरीमा भनेका छन, ‘केवल नेपाली नागरिकले मात्रै प्राप्त गर्नसक्ने नेपाली पासपोर्ट प्राप्त गर्ने जुन कार्य गरेका छन्, सो(काम) कानूनद्वारा बर्जित र दण्डनीय छ ।

’यसैगरी रवि लामिछानेमाथि राहदानी मुद्दामा अनुसन्धान गर्न माग गर्दै दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि युवराज पौडेल (सफल) ले जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन् ।झुटा विवरण पेश गरेर राहदानी लिएको विषयमा रवि लामिछानेमाथि अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिएका थिए ।तर परिसरले नागरिकता विवादको फैसलाको पूर्णपाठ नआएको भन्दै उक्त जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

प्रहरीले अस्वीकार गरेपछि पौडेलले जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिई प्रहरीलाई उक्त जाहेरी दर्ता गर्न निर्देशन दिन माग गरेका हुन् ।पौडेलले उनको नेपाली राहदानी खारेज गर्न र यो मुद्दा अनुसन्धानको अवधिभर अर्को नागरिकता नदिन पनि माग गर्दै जाहेरी दिएका थिए

२०७९ फाल्गुन ६, शनिबार प्रकाशित 0 Minutes 31 Views