२०७९ चैत्र ७ मंगलवार

कस्तो छ अहिले चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ?

कस्तो छ अहिले चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ?

काठमाडौं। ग्यास चुहिएर भएको आगलागीमा परी घाइते हुनुभएका कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।

उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ भने अनुहार र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएको चिकित्सकहरुले बताएका छन्।

जसकारण तत्कालै अर्को सर्जरी गर्न नपर्ने चिकित्सकहरुको भनाइ छ। भारतको मुम्बईमा उपचाररत सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ।

उपचार समन्वयका लागी सँगै जानुभएका कांग्रेस नेता योगराज कँडेलकाअनुसार आज मध्यान्ह काउन्सिलिङपछि डाक्टर सुनिल केस्वानीसहितको चिकित्सकहरुको टिमले भण्डारी अब खतरामुक्त बनेको जनाएका छन्।

आज भण्डारीलाई पाइपमार्फत् खाना खुवाउने तयारी गरिएको छ । हिजो दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थि

२०७९ फाल्गुन ७, आईतवार प्रकाशित 0 Minutes 33 Views

ताजा समाचार