२०७८ मंसिर १२ आईतवार

‘प्रचण्ड जतिको इमान्दार नेता छैन: सरिता गिरी

काठमाडौँ – पूर्व सांसद सरीता गिरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालीकै इमान्दार नेता रहेको बताएकी छन्। नेपालको नक्सामा कालापानी लगायतका भूमि समावेश गर्दा विरोध जनाएर सांसद गुमाएकी गिरीले नेपालका अन्य नेताहरु भन्दा प्रचण्ड इमान्दार देखिएकी बताएकी हुन्।

सांसद पद गुमाएपछि सामाजिक संजाल मार्फत आफ्ना भनाईहरु राख्न सक्रिय भएकी गिरीले फेसबुकमा एक स्ट्याटस राख्दै अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार रहेको बताएकी छन्।

“अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार छन्। “,प्रचण्डको प्रशंसा गर्दै गिरीले लेखेकी छन्। ज’नयु”द्धबाट आएका प्रचण्डले आफ्नो इतिहास नभुलेको र आफ्नो दायित्वबाट नभागेको गिरीको भनाई छ।

“ज’नयु”द्धको आफ्नो इतिहाससंग प्रचण्डले नाता तोडेका छैनन् र त्यसको दायित्वबाट पनि भागेका छैनन्।”,गिरीले प्रचण्डका बारेमा थप लेखेकी छन्। अन्य नेताहरु जस्तो प्रचण्ड आफ्नोदायित्वबाट नभागेको गिरीको बुझाई छ। उनी लेख्छिन्,”उनी भगौडा जस्तो देखिएका छैनन्।”

गिरीको स्ट्याटस यस्तो छ

अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार छन्। जनयु”द्धको आफ्नो इतिहाससंग प्रचण्डले नाता तोडेका छैनन् र त्यसको दायित्वबाट पनि भागेका छैनन्। उनी भगौडा जस्तो देखिएका छैनन्। भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि कालापानी सहितका भूभाग समेटेर नक्सा बनाउँदा गिरी विपक्षमा उभिएकी थिइन्।

उनले कालापानी सहितका भूभाग नेपालको हो भन्ने आधार नभएको बताएकी थिइन्। साथै उनले चीनको उक्सावटमा नक्सा समेटेर संविधान संशोधन गर्न खोजेको आरोप लगाएकी थिइन्। गिरीलाई सांसद पदबाट हटाउन संसद र सडकमा चर्को आवाज उठेको थियो। त्यसपछि उनलाई समाजवादी पार्टी नेपालले सांसद पदबाट हटाएको थियो।

त्यसयता गिरी पार्टी बिहिन् छिन्। गिरी केपी ओलीको कटु आलोचक मानिन्छिन्। एक पटक उनले ओलीका कारण आफ्नो पद गएको आरोप लगाएकी थिइन्। साथै उने सांसद पद बचाउन अदालतको समेत सहारा लिएकी थिइन्। जुन उनको प्रयास असफल भएको थियो।

sidhakuro बाट

२०७८ आश्विन २१, बिहीबार प्रकाशित 1 Minute 182 Views

ताजा समाचार