२०८० जेष्ठ १९ शुक्रबार

शर्मिला बाइबाले विष पिएर गरिन् आ त्म त्या प्रयास

शर्मिला बाइबाले विष पिएर गरिन् आ त्म त्या प्रयास

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् । उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् ।

राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको उनले जानकारी दिए । वाइवा अहिले बोल्न सक्ने अवस्थामा खतरामुक्त छिन् ।

उनले विष सेवन गर्नुको कारण खुलेको छैन । निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् । पत्रकार ऋषि धमलासँग नाम जोडिएर उनी विवादमा आएकी थिइन् ।

२०७९ फाल्गुन १८, बिहीबार प्रकाशित 0 Minutes 62 Views