
कोरिया जान चाहनेहरूका लागि आयो खुसीको खबर, अब यसरी सहजै जान सकिन्छ कोरिया
कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत कोरिया जान ३७ हजारभन्दा बढीले आवेदन फाराम भरेका छन् ।सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्रतर्फ थप गरिएको ६ हजार कोटामा ३७ हजार २७७ जनाले आवेदन भरेका हुन् ।
इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्र तर्फको अतिरिक्त परीक्षाका लागि आवेदन भरिएको बताए । यही पुस ४ देखि पुस ८ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि अनलाइन फाराम भर्न आह्वान गरिएको थियो ।
आवेदन दिएकाहरूलाई १६ माघ २०७९ देखि २७ माघसम्म पहिलो चरणको परीक्षा हुनेछ । त्यसपछि ८ फागुन २०७९ देखि २६ फागुनसम्म दोस्रो चरणको परीक्षा हुनेछ ।
सन् २०२२ का लागि कृषि तथा पशुपालनतर्फ तोकिएको कोटाभन्दा कम पास भएका थिए । त्यसपछि अहिले सन् २०२२ कै लागि थप माग गरिएको हो । प्रत्येक चरणको भाषा परीक्षामा उत्तीर्ण भएका व्यक्तिहरूको मात्र सोही चरणको लागि सीप परीक्षण (स्किल टेष्ट) हुनेछ ।
सीप परीक्षणमा उचाइ, तौल, दृष्टि लगायतका कुराहरू परीक्षण गरिनेहरू परीक्षण गरिनेछ । प्रत्येक चरणको भाषा परीक्षा र सीप परीक्षण सम्पन्न भएपछि मात्रै अन्तिम नतिजा प्रकाशित गरिने शाखाले जनाएको छ
यसअघि सन् २०२२ मा छनौटमा परेका नेपाली कामदारहरू कोरिया जाने क्रम जारी रहेको छ । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रका लागि छनौटमा परेका कामदारहरू कोरिया जाने क्रम जारी रहेको निर्देशक कटुवालले बताए ।