२०८० जेष्ठ १९ शुक्रबार

चर्चित ज्योतिषले हेरे रवि लामिछानेको जन्म कुण्डली, सोचेभन्दा फरक रहेछ रबीको भाग्य, सबै अचम्मित !

चर्चित ज्योतिषले हेरे रवि लामिछानेको जन्म कुण्डली, सोचेभन्दा फरक रहेछ रबीको भाग्य, सबै अचम्मित !

चर्चित ज्योतिषले हेरे रवि लामिछानेको जन्म कुण्डली, सोचेभन्दा फरक रहेछ रबीको भाग्य, सबै अचम्मित ! (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)

निर्वाचनको सम्पुर्ण परिणाम आए सँगै सरकार गठनको कसरत सुरु भएको छ । राष्ट्रपति , प्रधानमन्त्री , सभामुख जस्ता महत्चपुर्ण पदमा को आउला भन्ने चासो र चर्चा सबैतिर चलिरहेका छन् ।

 

विभिन्न पार्टीहरुले राजनितिक जोड घटाउ गर्र्दैै आ आफ्नै दाउ हेरिरहेका बेला ज्योतिषिय दृष्टिकोणले कस्तो हुन्छ त अबको राजनितीक दृश्य , देशको राजनिती कसरी अघि बढ्ला ? प्रधानमन्त्री को बन्ला ? गठबन्धन कायम रहला की नरहला भन्ने बिषयमा चर्चित ज्योतिष दिगम्बर तिमिल्सिनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

 

सबैलाई ज्योतिषीय लेखाजोखामा विश्वास नलाग्न सक्छ तर देशका चर्चित मध्येका एक ज्योतिष दिगम्बर तिमिल्सिनाले नेपालको आगामी राजनितिक कोर्ष पनि त्यत्ति सरल र सहज रुपमा अघि नबढ्ने भविश्यवणी गरेका छन् । उनले अहिले भएको सत्ता गठबन्धन टुट्ने ठोकुवानै गरेका छन् ।

 

काग्रेस, माओवादी केन्द्र , नेकपा एस ,जनमोर्चा ,लोसपा लागायतका दलहरु मिलेर बनेको गठबन्धनको खराब दिन अब सुरु भएको र आपसी असमझदरी बढ्ने योग रहेको उनले भनेका छन् । अहिलेनै टुट्न सक्ने देखिए पनि केहि गरी जोगिएछ भने छिट्टैनै टुट्ने र सरकार फेरबदल हुने दाबी उनले गरेका छन् ।

 

अहिले गठबन्धन कायम रहेमा नेपाली काग्रेसबाट प्रधानमन्त्री बन्ने र गठबन्धन भित्रै विभाजन आएर फेरी पनि एमाले अध्यक्ष केपी ओलीकै हातमा देशको नेतृत्व आइपुग्ने ठोकुवा ज्योतिष तिमिल्सिनाले गरेका छन् । केपी ओलीको जन्म कुण्डली आफुले हेरेको भन्दै उनले फेरी एक पटक प्रधानमन्त्री हुने योग ओलीको रहेको उनले बताए ।

 

शेरबहादुर देउवा ७ चोटि प्रधानमन्त्री हुने भनेर कुनै ज्योतिषले भविश्यवाणी गरको कुरा झुटो र भ्रमपुर्ण रहेको पनि तिमिल्सिनाले बताए ।

 

७ चोटि प्रधानमन्त्री हुने योग देउवाको नरहेको दाबी उनले गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको भने अब ओरालो यात्रा मात्रै हुने भविश्यवाणी उनले गरे ।

 

ज्योतिष तिमिल्सिनाले आगामी दिनमा बरु राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको दिन बलियो रहेको बताए । आफुले ३ बर्ष अघिनै रवि लामिछानेको जन्म कुण्डली हेरको भन्दै उनले त्यहि बेला एक दिन रवि यो देशको प्रधानमन्त्री हुन्छन् भनेर बोलेको दाबी गरे ।

 

रवि लामिछाने प्रधानमन्त्री हुन्छन् भनेर भविश्यवाणी गर्ने आफु पहिलो ज्योतिष भएको भन्दै उनले ३ बर्ष अघिनै दिपक बोहोरालाई साथमै राखेर आफुले रविलाई यो कुरा भनेको दाबी उनले गरे । रविले जे काम गर्यो जस पाइहाल्ने योग रहेको उनले बताए ।

 

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसका उम्मेदवार प्रकाशमान सिंह राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गर्दै विजयी भए पछि राजनिति तरंगित भएको छ ।

 

कुनै पनि हालतमा प्रकाशमान सिंहलाई हराउनै पर्छ भनेर लागेकाहरुनै एक जुट हुन नसक्दा प्रकाशमानले सहज जित निकाल्न सफल भएका छन् । समग्रमा मत प्रकाशमानको विपक्षमा रहे पनि प्रथम हुने निर्वाचित प्रणालीमा प्रतिष्पर्धीको भन्दा धेरै मत ल्याएर सिंहले जित निकालेका छन् ।

 

काठमाडौँको क्षेत्र नम्बर १ उम्मेदवारी दर्ताका दिन देखिनै चर्चामा रहेको थियो । अघिल्लो पटकको निर्वाचनमा सिंहसँग थोरै मतले पराजित भएका मिश्र यस पटक बदला लिने दाउमा थिए तर सिंह विरोधी मतहरुनै एक ठाउँमा रहन नसक्दा प्रकाशमानकै भाग्य चम्किएको छ ।

 

निर्वाचनमा पराजित भए पछि आमा चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गरेका रमेश खरेलले भने आफ्नो हारको कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने भएको प्रतिक्रिया दिएका छन् । लामिछानेलाई आरोप लगाउँदै खरेलले आफ्नो हारको दोष थोपरेका छन् ।

 

खरेलले यसमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दोष देखाए । आफूले ३ महिना अगाडि नै सो पार्टीसँग सहकार्यका लागि प्रयास र समझदारी गरेको उनको भनाइ छ खरेलले भने, ‘मैले तीन महिना अगाडि एकै ठाउँमा उभिने भनेर प्रयास गरेको हुँ । उहाँहरूसँगको जेन्टलमेन्ट एग्रिमेन्ट ब्रेक भएको छ ।’

 

खरेलको भनाइअनुसार दुवै पार्टीले काठमाडौंमा एउटै प्लेटफर्मबाट एकैपटक ४५ जना उम्मेदवार घोषणा गर्ने भद्र सहमति रवि लामिछानेसँग भएको थियो । दुवैले एक-अर्को पार्टीसँग नजुधाउने गरी आआफ्ना उम्मेदवार उठाउने मौखिक समझदारी तोडिएको उनले गुनासो गरे ।

 

‘घण्टीको ठाएँमा मैले सपोर्ट गर्ने र हामी उठेको ठाउँमा घण्टीको उम्मेदवार नउठाउने जेन्टलमेन्ट अग्रिमेन्ट भएको थियो । रविजी र विराजभक्त श्रेष्ठसँग मैले कुरा गरेको हुँ । तर, त्यो सहमति ब्रेक भयो । राजनीतिक इमान्दारिताको पालना भएन,’ खरेलले भने ।

 

आफ्नो तर्फबाट पनि केही कमजोरी रहेको तर, जेन्टलमेन्ट एग्रिमेन्ट नतोडिएको भए परिस्थिति अर्को बन्न सक्ने खरेलको भनाइ छ ।राप्रपाका मिश्रसँग भने कुनै छलफल नभएको उनले बताए । परम्परागत पार्टीमा प्रवेश गरेकाले मिश्रसँग सहमति प्रयास नगरेको उनको भनाइ छ ।

 

‘हामी परिवर्तन पक्षधरहरू हौं । उहाँ विवेकशील छाडेर राप्रपामा गइसकेपछि मिल्नसक्ने आधार नै भएन,’ खरेलले भने ।आफूले पाएको मतलाई लिएर खरेल सन्तुष्ट नै छन् ।

 

उनले भने, ‘म धन्यवाद दिन्छु मेरा मतदाताहरूलाई । असाध्यै आभारी छु । मलाई ३१ सयजना भन्दा बढीले पत्याइदिनुभयो । भर्खरै स्टार्ट भएको पार्टीका लागि यो पनि ठूलो कुरा हो । म सुशासनको एजेण्डा लिएर सधैँ अगाडि बढ्नेवाला छु ।’

 

उनले अब परिवर्तन पक्षधर सबैले छातीमा हात राखेर इमान्दारिपूर्वक नयाँ शिराबाट अघि बढ्नुपर्नेमा जोड दिए । यसो नगरी यथाथस्थितिवादी पार्टीहरूलाई विस्थापित गर्न नसकिने उनको तर्क छ ।

 

‘जस्तो कन्डिसनमा पनि म तयार छु । अब आ-आफ्नो ढ्याङ्ग्रो बजाएर हुँदैन,’ खरेलले भने ।अब चुनावको मतगणना सकिनेवित्तिकै छलफलमा जुट्न उनको प्रस्ताव छ । आफू सम्पूर्ण त्याग गर्न तयार रहेको र कुनै पदका लागि दाबी नगर्ने उनले बताए ।

 

‘मलाई केही चाहिँदैन । तर, नयाँ शिराबाट जानुपर्छ । सबैको विचारलाई ‘मेल्टिङ पट’ मा राखेर पगालौं । अनि त्यसबाट सही विचारको संस्लेषण गरेर अगाडि लैजाऔं । त्यसरी जानसके सम्भव छ । नत्र कांग्रेस, कम्युनिष्ट, राप्रपाजस्ता परम्परागत शक्तिहरूले नै हालीमुहाली गरिरहन्छन्,’ खरेलले भने ।

 

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतसँग खुशी छन् खरेल । तर, यो तात्कालीक वितृष्णाको मत मात्र हुन सक्ने उनको बुझाइ छ । परिवर्तन आकांक्षी यो जनमतलाई संस्थागत गर्नुपर्नेमा उनले जोड दिए ।

 

‘रविजी पपुलर हुनुहुन्थ्यो आफ्नो ठाउँमा छ । तर, यो वितृष्णाको मत हो । यसलाई रिटेन गर्न गाह्रो छ । त्यसैले उहाँहरुले पनि त्याग गर्नुपर्छ, अरुले पनि त्याग गर्नुपर्छ,’ खरेलले भने ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफ्नो एकता र सहकार्य अझै पनि सम्भव रहेको र यसमा आफू खुल्ला रहेको पनि खरेलले बताए ।‘हामी सबै यो देशलाई माया गर्नेहरू एक ठाउँमा आउनैपर्छ । सबैजना आँखा चिम्लेर सोच्नुपर्छ । सबैले त्याग गर्न तयार हुनुपर्छ । म आफ्नो ठाउँबाट त्याग गर्न तयार छु,’ उनले भने ।

 

राष्ट्रिय राजनीतिको केन्द्रमा फर्कियो एमाले, ओझेल पर्‍यो कांग्रेस

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी दाहाललाई आइतबार साँझ नियुक्त गरेकी हुन् । शपथ सोमबार अपराह्न ४ बजे हुँदै छ ।

कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन टुटाउँदै एमालेसहित ७ दलीय समीकरण बनाएर आइतबारै दाहालले प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए । प्रतिनिधिसभाका २७५ मध्ये एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र ३ गरी १६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका हुन् ।

उनको यो तेस्रो सत्तारोहण हो । दाहाल यसअघि २०६५ र २०७३ मा ९–९ महिना प्रधानमन्त्री बनेका थिए । यसपालि भने अढाई वर्ष प्रधानमन्त्री हुने र त्यसपछि एमालेलाई छाड्ने सहमति छ ।

२०७४ को निर्वाचनपछि आलोपालो प्रधानमन्त्री बन्ने ‘समझदारी’ कार्यान्वयन नभएपछि केपी शर्मा ओलीसँग तिक्ततापूर्ण सम्बन्ध गुजारेका दाहाल ओलीकै साथले सत्ता नेतृत्वमा पुगेका छन् । प्रतिनिधिसभा विघटन, तत्कालीन नेकपा भंग र एमाले विभाजनका घटनाक्रमले ओली र दाहालबीच संवाद ठप्प मात्र थिएन, चर्को घोचपेच चलिरहेको थियो । आमनिर्वाचनको परिणामले बोलचाल खोलेको एक महिनामै उनीहरू सत्ता सहकार्यका लागि तयार भएका हुन् ।

चुनावमा कांग्रेससँग गठबन्धन गरेका दाहालले कांग्रेसबाट अपेक्षित मत नआएको गुनासो गरे पनि प्रधानमन्त्री पाए त्यसलाई मुद्दा नबनाउने रणनीति लिएका थिए । तर देउवा प्रधानमन्त्री दिन तयार नहुने देखेपछि दाहालले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनलाई एमालेसँग संवादमा खटाए ।

एमाले हरहालतमा गठबन्धन भत्काउने रणनीतिमा थियो । यसलाई मौकाका रूपमा उपयोग गरेर आफू प्रधानमन्त्री बन्न सकिने दाहालको बुझाइ थियो । देउवाको अडान कायमै रहँदा एमाले र माओवादीको सत्ता स्वार्थ मिल्न पुग्यो र बालकोटस्थित ओली निवासमा सहमति जुट्यो ।

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कांग्रेसको हठले विकल्प सोच्न बाध्य भएको बताए । ‘हामीले तत्कालीन परिस्थितिमा कांग्रेससँग गठबन्धन गर्नु र सरकार बनाउनु औचित्यपूर्ण थियो । चुनावमा पनि मिलेर नै गयौं । गठबन्धनले उसलाई लाभ दियो, हामीलाई बरु नोक्सान मात्रै दियो । त्यसकारण के गर्ने भन्ने प्रश्न थियो,’ उनले भने, ‘तर अझै पनि मिलेर जाने सम्भावना छ भने प्रयत्न गरौं भन्ने थियो । कांग्रेसले आफूले लाभ लिनेबाहेक केही नदेखेर हठपूर्ण अडान लिइसकेपछि हाम्रा लागि अर्को विकल्प थिएन ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको अहंकारका कारण नयाँ समीकरण बनेको बताए । ‘प्रचण्डजी र हामीबीचमा पहिलादेखि नै कुरा भइरहेकै थियो । निर्णायक घडीमा उहाँले समर्थन माग गर्नुभयो, हामीले गरिदियौं,’ उनले भने ।

दाहाललाई तत्काल प्रधानमन्त्री बनाउने विषयमा अन्तिम समयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि साथ नदिएको माओवादीका एक नेताले बताए । उनका अनुसार दाहालले निकटस्थसँग नेता नेपालबाट धोका भएको उल्लेख गर्दै उनीबिनै बहुमत जुटाउने ब्रिफिङ गरेका थिए ।

नेताहरूका अनुसार तीन कारणले यस पटक दाहालले मौका गुमाउन चाहेका थिएनन् । पहिलो, हरेक निर्वाचनमा शक्ति खुम्चिँदै गएका कारण अहिले प्रधानमन्त्री नभए भविष्यमा सम्भावना रहँदैन भन्ने भय उनमा थियो । दोस्रो, दुई पटक प्रधानमन्त्री हुँदा अनुभव र समयका हिसाबले काम गर्न नपाएको बुझाइ रहेकाले तेस्रो कार्यकालमा देखिने गरी अर्थतन्त्रमा सुधार ल्याई जनसेवा र विकासका काम गर्ने र कमजोर बन्दै गएको पार्टीलाई पुनर्जीवन दिने आकांक्षा छ । तेस्रो, लम्बिँदो संक्रमणकालीन न्यायलाई आफ्नै नेतृत्वमा टुंग्याएर शान्ति प्रक्रियालाई पूर्ण निष्कर्षमा पुर्‍याउन उनी चाहन्छन् ।

सात दल र स्वतन्त्र सांसद प्रभु साह, किरण साह र अमरेशकुमार सिंहको समर्थन जुटाएर प्रधानमन्त्री नियुक्त भएका दाहालका लागि यो गठबन्धन चुनौतीपूर्ण छ । पुराना दलहरूको औचित्य सकियो भनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी वा गणतन्त्रप्रति अनुदार राप्रपा पनि यही गठबन्धनमा छन् । माओवादी संसद्को तेस्रो ठूलो दल हो तर उसको संसद्मा हिस्सा करिब ११ प्रतिशत र गठबन्धनमा करिब १९ प्रतिशत मात्रै छ ।

 

 

‘सरकार बनाउन रवि लामिछानेदेखि राजेन्द्र लिङ्देन हुँदै सीके राउतसम्मलाई समेट्नुपरेको छ । सबैलाई चित्त बुझाउँदै ठूलो दल एमालेलाई सन्तुलनमा राखेर हिँड्न निकै चुनौतीपूर्ण छ,’ राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, ‘पहिलो दिनदेखि नै परिणाम देखिने गरी हस्तक्षेप गर्न सकेनन् भने प्रचण्ड समस्यामा पर्छन् ।’

सरकारका हरेक निर्णयमा गठबन्धनको ठूलो दल एमालेमा भर पर्न दाहाल बाध्य हुनेछन् । यो उनका लागि सबैभन्दा ठूलो चुनौती बन्नेछ ।

आफू प्र्रधानमन्त्री भएका बेला दाहालले सहयोग नगरेको ओलीको बुझाइ छ । सबै दलको समर्थनमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पनि दाहाललाई सहज छैन । गत संसद्मा अन्तिम समयमा सत्य निरूपणसम्बन्धी कानुन निर्माण एमालेका कारण अवरुद्ध भएको थियो ।

दाहालका लागि अर्को चुनौती बलियो प्रतिपक्ष पनि हो । निर्वाचनमा ८९ सिट जितेर प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा देखिने भएको छ । कांग्रेस सभापति देउवालाई पनि विश्वासमा लिएर सरकार चलाउनुपर्ने बाध्यता दाहाललाई हुनेछ ।

दाहालले साढे दुई वर्षपछि सहजै सत्ता हस्तान्तरण गर्छन् भन्ने विश्वास एमालेले लिएको छ । दुई वर्षअघि ओली दाहाललाई सत्ता हस्तान्तरण गर्न तयार नहुँदा तत्कालीन नेकपामा विवाद चुलिएर पार्टी नै एकतापूर्वको अवस्थामा फर्किएको थियो । ‘सामान्य सहमति भएको छ, विस्तृत भइसकेको छैन । जे सहमति भएको छ, त्यसलाई कार्यान्वयन गर्नका लागि एमालेले सबैभन्दा बढी योगदान गर्नॅपर्छ । त्यसैअनुसार माओवादीले पनि योगदान गर्नॅपर्छ,’ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने ।

विश्लेषक सुवेदी अहिले दाहाल देखिने काम गर्नैपर्ने बाध्यतामा रहेको बताउँछन् । उनी भन्छन्– ‘परिणाम दिने कुरामै अहिले प्रचण्डको परीक्षण हुने हो । २०६४ मा प्रधानमन्त्री हुँदा गोलमाल अवस्थामा थियो, २०७४ मा स्थानीय चुनाव गराए पनि उनले पूर्ण रूपमा काम गर्न पाएनन् । त्यो पनि ९ महिनाको कार्यकाल थियो । अहिले कम्तीमा पनि साढे २ वर्ष चल्छ भन्ने छ । त्यसैले काम गर्नैपर्ने बाध्यतामा उनी छन् ।’

२०७९ चैत्र १४, मंगलवार प्रकाशित 1 Minute 80 Views