२०८० जेष्ठ २३ मंगलवार

आलु खाँदा ध्यान दिनैपर्छ यी कुरा, नत्र हुनसक्छ घात’

आलु खाँदा ध्यान दिनैपर्छ यी कुरा, नत्र हुनसक्छ घात’

आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने गरेको छ । अझ नेपाल र भारत लगायतको देशमा त यसको उत्पादन तथा उपभोग बढी हुने गरेको छ ।

 

आलूलाई भण्डारण गरेर राख्ने गरिएको छ र यसलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरिएको छ । तर यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पु-याउँदैन । यस्ता केही आलु छन् जसालई प्रयोग गर्दा त्यसले नकारात्मक असर पर्छ।

 

चाहुरि परेको आलु: लोमो समय राखेको आलुमा रहेको पानीको मात्र नष्ट भएसँगै आलु चाहुरिन पुग्छ । जसलाई विउको रुपमा प्रयोग गर्ने गरिन्छ। आलुलाई धेरै समय राखेरपछि त्यो चाहुरिन्छ, त्यसको टुसा उर्मन थाल्छ।यसैलाई बिऊको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो आलु सेवन गर्दा हानी पुग्छ। यस्तो चाउरी परेको आलुको सेवन गर्दा शरीरमा विषाक्त पदार्थ प्रवेश गर्छ।

 

हरियो रंग: बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौं । लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ। यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ । आलुको हरियो भागमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ। टुसा आएको आलु: आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ। अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ। तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन।

 

यसो गर्दा पुग्छ फाइदा: आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन सि, बि कम्पलेू्रक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्व हुन्छ । यदि आलुलाई उसिनेर बोक्रासँग सेवन गर्दा यसमा रहेको पोषक तत्व नष्ट हुँदैन।

 

यो पनि,एउटा घरेलु बिधिः पार्छ ३ दिनमै कुर्कुच्चा फुट्ने समस्या चट्,खुट्टाको कुर्कुच्चा फुट्ने एक आम समस्या नै हो । सामान्यतय यो समस्या जाडो मौसममा बढी देखिन्छ। तर प्राय व्यक्ति सधैँभर कुर्कुच्चा फुट्ने समस्याबाट ग्रसित नै हुन्छन् । जाडो मौसममा चिसोको कारण छाला सुख्खा हुने हुँदा धेरै जसो मानिसमा यो समस्या देखिन्छ।छाला सुख्खा हुँदा फुट्ने समस्या भए तापनि अन्य कारणहरु पनि छन्, जस्तै धेरै बेरसम्म उभिएर काम गर्ने व्यक्तिहरुमा यो समस्या बढी देखिन्छ।

 

त्यस्तै खुट्टा या छालाको राम्रो स्याहार सुसार नगर्दा र फिट नहुने जुत्ता वा चप्पलको कारण पनि कुर्कुच्चा फुट्ने समस्या हुन्छ। कुर्कुच्चा फुट्नु ठुलो समस्या भने होइन। यसलाई हामीले आफ्नै घरमा उपलब्ध सामाग्रीहरु प्रयोग गरेर सजिलै हटाउन सकिन्छ। त्यसकारण आज हामी यस्तो अचुक घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले फुटेको कुर्कुच्चालाई सधैँको लागि निको पार्नुका साथै खुट्टालाई पहिला भन्दा सफा, मुलायम र कोमल बनाउँछ।

 

यसको लागि चाहिने सामग्री: पानी, कागती, नुन, ग्लिसिरिन र भ्यास्लिन । बनाउने विधि: आधा कचौरा पानीमा एउटा कागती काटेर यसको आधा भागको रस निचोरेर राख्ने। त्यसपछी यसमा सानो चम्चाको आधा यानिकी आधा चम्चा ग्लिसिरिन र सानो चम्चाकै आधा नुन राखेर सम्पूर्ण सामग्रीलाई राम्ररी मिसाउने। यो मिश्रण तयार भएपछी।

 

प्रयोग गर्ने विधि: अघि हामीले निचोरेको कागतीको बोक्रा लिएर यस पानीको मिश्रणमा चोपेर फुटेको ठाउँमा स्क्रब गर्ने। ५-१० मिनेट सम्म गर्नु पर्छ। यसरी स्क्रब गर्दा फुटेको छाला (डेड स्किन) सबै निस्किन्छ र एकदम सफा र चिटिक्क हुन्छ। करिब ५-१० मिनेट स्क्रब गरेपछी सफा कपडाले यसलाई पुछ्नुहोस्।

 

स्क्रब गरेर राम्ररी पुछेपछी यो भागमा भ्यास्लिन लगाउनुहोस्। यो विधि राती सुत्नु भन्दा अगाडी प्रयोग गर्नुहोस्। बिहान उठेर खुट्टालाई राम्रो सँग धुनुहोस् । लगातार तीन दिनसम्म यो उपचार विधि अपनाउँदा जस्तोसुकै फुटेको कुर्कुच्चा निको हुन्छ। यदि तीन दिनमा ठिक भएन भने अझ अरु केहि दिन यो विधि अपनाउनुहोस्।

२०७९ चैत्र १५, बुधबार प्रकाशित 1 Minute 62 Views