२०७८ मंसिर १२ आईतवार

नायिका बस्नेतलाई डाक्टरले कुटे, बुवा सोभितले खिचे भिडियो

२३ आश्विन २०७८, नायिका बस्नेतलाई डाक्टरले कुटे, बुवा सोभितले खिचे भिडियो (भिडियो हेरौँ)।

नायिका जान्हवी बस्नेतलाई डाक्टरले दुव्र्यवहार गरेका छन् । सोभित बस्नेतको भाई जय किसन बस्नेतको छोरी जान्हवी बिरामी भएर काठमडौँको सिभिल हस्पिटल पुग्दा डाक्टरले दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । जान्हवीलाई इमरजेन्सी वार्डमा राखिएकोमा त्यहाँ रहेका डाक्टरले बिरामीलाई कुटेको बुवा जय किसनले बताएका छन् । (भिडियो समाचारको अन्तिममा छ )

बिरामीले दुख्यो भनेर कराउदा डाक्टरले पिटेको बस्नेतले सुनाउनुभयो । हातमा राखेको पाईप समेत थुतेर बिरामीलाई गालीगलौज गरेको जस किसनले बताए । यतिमात्र नभएर अस्पतालमा उपचार नहुने भन्दै उपचार नगरिएको पनि पीडित पक्षले बताएका छन् । सार्वजनिक व्यक्तिलाई यस्तो व्यवहार हुन्छ भने सामान्य व्यक्तिलाई अस्पतालले कस्तो व्यहार गर्लान् भने जय किसनले गुनासो पोखे । बस्नेत परिवार नेपाली फिल्म क्षेत्रका चर्चित पाविारिक घराना हुन् ।

शुक्रबार नृत्यकालागि नव दुर्गा अवार्ड कार्यक्रममा सहभागिता जनाएकि जान्हविको प्रेसर लोका कारण बिरामी भएकि थिइन् । अस्पतालले सामान्य चेकजाँच नै नगरि रगत झिकेको र बिरामीलाई चिमाट्ने, कुट्ने लगायत गालीगलौजका क्रियाकलाप भएको बस्नेत परिवारले मिडियालाई बताएका छन् । उक्त भिडियोले अहिले सामाजिक संजालमा व्यापक चर्चा बटुलिरहेको छ । जय किसनले छोरी जान्हवीको न्यायकालागि कानुनि प्रक्रिया शुरु गर्ने बताएका छन् । (भिडियो छुटाउनुहोला, समाचारको अन्त्यमा छ)

के भन्छिन् जान्हविः चट्ट रुमालको नायिका जान्हवि बस्नेतले पनि डाक्टरले आफूलाई नराम्रो व्यवहार गरेको भन्दै रुदैँ मिडियामा आएकि छिन् । जान्हवीले रुदैँ भनिन्, ‘जिउ दुखेर कराइरहेको थिए । तर, उनीहरुले मलाई उल्टै कुटे । बिरामीले पीडा सहन नसकेर कराउँदा डाक्टरलाई किन रिस उठेको होला ?’ अस्पतालले गरेको व्यवाहारले आफूलाई थप पीडा भएको जान्हविले बताइन् । अहिले उनको पाटन अस्पतालमा उपचार भइरहेको छ । सामान्य बिरामी भएर अस्पतामा पुग्दा डाक्टरले गरेको व्यवहारले नेपालमा अस्पतालले बिरामीहरुसँग गर्ने व्यवहारलाई स्पष्ट चित्रण गरेको छ ।

जान्हवीको घट्ना त एउटा उदाहरण मात्र हो । नेपालका धेरैजसो स्वास्थ्य संस्थाका कर्मचारीले नराम्रो बोल्ने, सम्झाईबुझाई गर्न नमान्ने लगायत बिारमी र बिरामीको परिवारसँग दुव्र्यवहार गर्ने क्रम बढ्दो छ । स्वास्थ्य संस्थामा देखिएको विकृतिको अन्त्य हुनुपर्ने भन्दै बेलाबखत चर्को आवाज सुनिएपनि समस्याको समाधान भने हुन सकेको छैन ।

दर्शकसँग किसनको आग्रहः सधैँ अनावश्यक चर्चामा आउने जय किसनले अहिले भने छोरीलाई न्याय दिलाउन सबै दर्शकसँग आग्रह गरेका छन् । उनले छोरी जान्हवीलाई गरेको व्यवहारले आफू दुखिद भएको भन्दै यस्ता दुव्र्यवहारको आलोचना हुनुपर्ने बताए । पछिल्लो समय महानायक कस्लाई भन्ने भनेर विवादमा आएका शोभित बस्नते भने अस्पताल पुगेका थिएनन् । उनको कार्यव्यस्तताका कारण अस्पताल नआएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

जान्हविको अहिलेको अवस्था सामान्य रहेको र केहि उपचारपछि डिस्चार्ज हुने अस्पतालले बताएको छ । प्रेसर लो भएका कारण जान्हवी बिरामी भएको अस्पतालका एक डाक्टरले बताए । साथै, सिभिल अस्पतालमा गरिएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै अन्य डाक्टरले प्रवृद्धि सुधार्नतर्फ सबैलाई आग्रह गरेका छन् ।

२०७८ आश्विन २३, शनिबार प्रकाशित 0 Minutes 86 Views

ताजा समाचार