२०७८ मंसिर १२ आईतवार

गुडिरहेको बसमा आगो लाग्दा ४६ जनाको मृ’त्यु,,,,

७ मंसिर, काठमाडौं । एक सडकमा गुडिरहेको बसमा आगो लागेर दुर्घटना हुँदा कम्तिमा ४६ जना यात्रुको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा अधिकांश पर्यटक रहेको त्यहाँका अधिकारीले बताएका छन् ।

राजधानीबाट ५४ किलोमिटर टाढा रहेको स्ट्रुमा हाइवेमा गुडिरहेका बेला राति २ बजे बसमा आगो लागेको र लगत्तै बस पल्टिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

दु’र्घटनामा परी ज्यान गुमाउनेमा बालबालिका समेत छन् । आन्तरिक मामिला मन्त्रालयको सुरक्षा विभागका प्रमुखले ज’लेर गम्भीर घाइते भएका ७ जनालाई अस्पताल लगिएको बताए ।

दुर्घटनामा परेको बसमा ५३ यात्रु सवार थिए । उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओस्मानीका अनुसार टर्कीको इस्तानबुलमा विदा मनाएर राजधानी स्कोप्जेतर्फ फ’र्किने क्रममा पर्यटक बोकेको बस आगो लागेर पल्टिएको थियो ।

सोफियास्थित उत्तरी म्यासेडोनियाको दूतावासले दु’र्घटनामा ज्यान गुमाउनेहरू आफ्ना नागरिक रहेको बताएको छ । यो बुल्गेरियाको खवर हो ।

२०७८ मंसिर ७, मंगलवार प्रकाशित 1 Minute 19 Views

ताजा समाचार