२०७८ मंसिर १२ आईतवार

सिन्धुपाल्चोकमा आगोले जलेर तामाङ परिवारका तीनभाई छोराको मृत्यु,,,हार्दिक श्रद्धाञ्जली !!

७ मंसिर २०७८ काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु-७ सुलसिङमा आगलागी हुँदा स्थानिय हरिसिद्धि प्राविमा तीनजना बालकको मृत्यु भएको छ ।

बालकहरु खेल्ने क्रममा गोठमा आगोको झिल्को सल्काउँदा आगलागी भएको आशंका गरिएको छ । हिजो साँझ करिब ७ बजे सुलसिङका सञ्चै तामाङको एकतले घरनजिकै रहेको गोठमा आगलागी भएको हो।

आगलागीबाट तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षीय छोरा मनिष तामाङ र साइँला तामाङका ५ वर्षीय छोरा दिलबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो।

क्रममा गोठमा आगोको झिल्को सल्काउँदा आगलागी सुरु भएको र बालकहरुले ज्यान गुमाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । आगलागीपछि बालबालिका गोठभित्र लुक्दा जलेर मृत्यु भएको आशंका गरिएको छ ।

सिन्धुपाल्चोकका जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले घरमा अभिभावक कोही नहुँदा लागेको आगो ननिभाउन नसकेकाले मानवीय क्षति हुन पुगेको बताउनुभयो । गोठमा रहेको लाइटर बालकहरूले खेलाउँदा आगलागी भएको अनुमान गरिएको छ ।

झाक्रिटोलमा ०७२ को भूकम्पपछि पहिलेको जस्तो बाक्लो बस्ती छैन । बस्तीमा भएकाहरु पनि मंसिरको चटारोमा छन् । “मंसिरको महिना भएकाले घरका ठूला मान्छे अहिले दिउँसो घरमा हुँदैनन्, सबै मेलापातमा हुन्छन्,” वडा सदस्य जित बहादुर तामाङले सुनाए, “हिजो पनि त्यस्तै भयो । ठूला मान्छे सबै मेलामा गएका बेला घटना घट्यो जसका कारण उनीहरुलाई बचाउने त्यहाँ कोही भएन ।”

२०७८ मंसिर ७, मंगलवार प्रकाशित 1 Minute 34 Views

ताजा समाचार