२०७८ मंसिर १२ आईतवार

महाधिवेशनको चटारोकै बेला काङ्ग्रेस सभापतीको निधन !!

राजा-रंक सबै समान उसका वैशम्य गर्दैन त्यो
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।

९ मंसिर, काठमाडौं । विधाताले रचेको विधिको विधानलाई कसैले टार्न नसक्ने रहेछ, आउने र जाने तिथि र मितिको पनि यो दुनियाँमा कसैलाई पत्तो नहुने रहेछ, कतिखेर यो धर्तीमा पदार्पण गराउने र कतिखेर धर्तीबाट पुनः नभमै विलीन गराउने यसको

हिसाबकिताब र समय तालिका मान्छेको वशमा वा मान्छेको हातमा नहुने रहेछ । सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।

विद्यालयको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको लहानको सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएको स्थानीय शिक्षक रामकुमार कार्कीले जानकारी दिए ।

काम विशेषले बिहीबार सिरहाको पुगेका वडाध्यक्ष बस्नेत कांग्रेस दुधौलीका निवर्तमान सभापति थिए ।

२०७८ मंसिर ९, बिहीबार प्रकाशित 1 Minute 56 Views

ताजा समाचार