२०७८ माघ ११ मंगलवार

दुबई एयरपोर्टमा अर्कैले दिएको लुगा लगाउँदा प्र’हरी फ’न्दामा परे सीताराम !!

सुन राखेको अन्डरवेयर लगाएर आएका अर्का व्यक्ति भन्छन्- हामी भाग्यले बाँचेछौं, उनीहरू फसे उनले काखमा बच्चा च्यापेकी थिइन्। छेउमै एक जना पुरुष पलेँटी कसेर बसेका थिए। उनीहरू कसैलाई प’र्खिरहेजस्ता देखिन्थे।

सोधीखोजी गर्दा थाहा भयो, २८ वर्षकी सरिता चौधरी र ५५ वर्षीय बजारू चौधरी ससुरा बुहारी रहेछन्। दाङको दंगीशरण गाउँपालिका-६ पर्सडुवाबाट केही दिनअघिमात्रै तुलसीपुर बजार आएका।

सरिताका श्रीमान्, बजारूका छोरा सीताराम चौधरी अहिले काठमाडौंमा प्रहरीको हि’रासतमा छन्। मंसिर ३ गते दुबईबाट फर्किएका सीतारामलाई त्रिभुवन विमानस्थलमै प्रहरीले पक्राउ गरेको थियो। उनले लगाएको अन्डरवेयरभित्र एक किलोग्राम सुन भेटिएपछि प्र’हरीले चौधरीलाई नि’यन्त्रणमा लिएको हो। उनीसँगै सिरहाका सरोज सहनी पनि अवैध सुन ओसारेको आरोपमा पक्राउ परेका छन्।

दुबईमा अलपत्र परेका सीतारामसँग घर फर्किने पैसा पनि थिएन। मंसिर १ गते उनले श्रीमती सरितालाई फोन गरेर टिकटको व्यवस्था भइसक्यो, अब म नेपाल आउँछु भनेका थिए। सरिता श्रीमान आउने बाटो हेरिरहेकी थिइन् । बल्लबल्ल टिकट जोहो गरेका श्रीमानसँग त्यति धेरै सुन किन्ने पैसा थियो भन्ने सरितालई पटक्कै विश्वास छैन। उनले जानीजानी त’स्करीको सुन बोके होलान् भन्ने पनि सरितालाई लाग्दैन।

उनको मनले ‘नि’र्दोष र सोझो’ ठानेका सीतारामलाई छुटाउन सकिन्छ कि भनेर अहिले उनी दूधे बालक बोकेर तुलसीपुर पुगेकी हुन् । हामीले भेट्दा उनका ससुरा-बुहारी लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई भेट्ने आशमा कुरिरहेका थिए।

३० वर्षीय सीताराम गाउँमा अटोरिक्सा चलाएर जिविका चलाइरहेका थिए। परिवारका एक्ला छोरा उनले सहकारीबाट ऋण तानेर अटो किनेका थिए।
केही समयअघि दंगीशरण-७ सिमठानका अनुपविक्रम क्षेत्रीले सीतारामलाई लाखौं कमाइ हुने भन्दै विदेशको सपना देखाए। सीतारामले अनुपविक्रमको कुरा पत्याए। सरिताका अनुसार अटोरिक्सा बेचेर उनी विदेश जान राजी भए।

विदेशको कमाइले ऋण तिरौंला र जग्गा जमिन पनि थपौंला भनेर घर सल्लाह गरी सीताराम गत असोज ५ गते दुबई जान हिँडे । अनुप विक्रमले नै भिजिट भिसामा उनलाई दुबई पठाए। ख’र्च दुई लाख लाग्यो। अटो बेचेको पैसा सकियो। यताबाट जाने बेला फुड प्याकिङको काम हो भनिएको थियो।

२०७८ मंसिर १३, सोमबार प्रकाशित 1 Minute 85 Views

ताजा समाचार