२०७८ माघ ११ मंगलवार

अमेरिका पुगेको २ महिनामै बाकसमा फर्किदै झापाकी बर्खा, हार्दिक श्रद्धाञ्जली !!

अमेरिका पुगेको २ महिनामै बाकसमा फर्किदै झापाकी बर्खा, हार्दिक श्रद्धाञ्जली !!

कस्तो दुखान्त झापाको बुद्धशान्ति गाउँपालिका स्थाई घर भएकी २ महिनाअगाडि अमेरिका पुगेकी बर्खा खड्का प्रसाईँ बाकसमा फिर्ता हुने भएकी छिन् ।

अमेरिकाबाट प्रकाशित हुँदै आइरहेको खसोखासमा प्रकाशित समाचार अनुसार बर्खाको शव आज अमेरिकाको वासिंटन डिसीबाट नेपाल पठाइएको हो । ठक्करबाट गम्भिर रुपमा घाइते भएकी ४० वर्षीया प्रसाईलाई तत्काल अस्पताल लगेपनि अस्पतालले मृत घोषणा

नोभेम्बर महिनाको तेस्रो साता उनलाई अमेरिकाको मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीमा गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भिर रुपमा घाइते भएकी ४० वर्षीया प्रसाईलाई तत्काल अस्पताल लगेपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेशन आईओएममा कार्यरत प्रसाई दुईमहिना अगाडिमात्र आईओएम अन्तरगत अमेरिकामा काम गर्नका लागि आएकी थिइन् । सुरुमा अफगानिस्तानबाट आएका शरणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा खटाइएको थियो ।

उनको अवधि थप गरेर मार्चसम्मका लागि वासिंटन डिसीमा रहेको आईओएम मुख्यालयमा खटाइएको थियो । मृत्यु हुनु एकसाता अगाडिदेखि वासिंटन डिसीको मुख्यालयमा काम गर्न थालेको पारिवारिक श्रोतले जनाएको छ । प्रसाईलाई मेरिल्याण्डमा आफन्तकोमा बसेर घर फर्कने क्रममा ट्रेनबाट निस्केर बाटो क्रस गर्नलाग्दा गाडीले ठक्कर दिएको हो ।

अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिने जी भिसामा अमेरिकी आएकी बर्खाका श्रीमान मदन प्रसाई नेपालमै छन् ।

२०७८ मंसिर १८, शनिबार प्रकाशित 0 Minutes 101 Views

ताजा समाचार