२०७८ माघ ११ मंगलवार

नेपालको पार्टीले चुनावमा एक सिट जिते म राजनितीबाट सन्यास लिन्छु: योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले निर्वाचनमा एक सिट पनि नजित्ने दाबी गरेका छन् । बिहीबार मकवानपुरको मनहरी गाउँपालिका कमिटीको नवनिर्वाचित

कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले आगामी निर्वाचनमा एक्लै चुनाव लडे माधव नेपालको पार्टीले एक सिट पनि नजित्ने बताएका हुन् । ‘एमालेबाट चोइटिएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एक्लै निर्वाचनमा भाग लिएको अवस्थामा एक सिट पनि जित्दैन,’ भट्टराईले भने ।

माधव नेपाललाई पार्टी विभाजनमा नलाग्न सुझाएको भन्दै उनले पार्टी फुटाएर अपराध गरेको बताए । उनले एमाले मात्र एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हैसियतमा रहेको बताए । मुलुकमा एउटा मात्र कम्युनिष्ट शक्ति रहेको र त्यो एमाले मात्रै भएको उनको दाबी छ । एमालेलाई कुनै पनि दलले चुनौती दिन नसक्ने भन्दै उनले माओवादी र एकीकृत समाजवादीको जग नभएकाले ढल्ने निश्चित भएको बताए ।

भट्टराईले माओवादी केन्द्रको पनि हालत पनि एकीकृत समाजवादीको जस्तै भएको बताए । ‘माओवादी केन्द्रको पनि अवस्था नाजुक नै छ । माओवादी अध्यक्ष प्रचण्ड कांग्रेससँग सिट माग्दै हिँडिरहेका छन् ।
कांग्रेस कसैसँग पनि तालमेल नगर्ने अवस्थामा पुगेको छ,’ उनले भने,‘कांग्रेसले कति जनालाई सिट बाँड्दै हिँडोस् रु माओवादी र समाजवादीसँग जग छैन भन्ने कुरा कांग्रेसलाई थाहा छ ।’

प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिनुपर्छ : मन्त्री पाैडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षालाई विशेष जोड दिनुपर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको नवौं वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै मन्त्री पाैडेलले प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिनुपर्ने बताएका हुन्।

विश्वविद्यालयले अनुसन्धानमुखी, गुणस्तरीय, नैतिकवान् एवम् योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने उनकाे भनाइ छ ।

२०७८ मंसिर १९, आईतवार प्रकाशित 0 Minutes 94 Views

ताजा समाचार