२०७८ माघ ११ मंगलवार

पूर्वसुरक्षाकर्मीमा राजनीतिक मोह बढ्दै ,आखिर के कारण?

सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीहरूको रुचि राजनी तिक क्षेत्र बन्न थालेको छ । कतिपयले पदमा रहँदा नै देखाएको झुकावका आधारमा अवकाशपछि राजनीतिक आबद्धतालाई सक्रिय बनाउँदै आएका छन् ।

अवकाशपछि राजनीतिक दलमा सक्रिय रहनेमा पूर्वप्रहरी महानिरीक्षक आईजीपी, अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी, प्रहरी नायब महानिरीक्षक डीआईजी समेत रहेका छन् ।

यस्तै वरिष्ठ उपरीक्षक एसएसपी, प्रहरी उपरीक्षक ९एसपी० तथा नायब प्रहरी उपरीक्षक डीएसपी हरू पनि पार्टी प्रवेशसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

सङ्गठनमा रहँदा विवादमा परेका र भ्रष्टाचारलगायतका आरोप लागेका कतिपय पूर्वप्रहरी विगतमा आफूमाथि लागेका आरोप र मुद्दाबाट जोगिने उद्देश्यले राजनीतिक संरक्षणका लागि विभिन्न दलमा प्रवेश गर्ने गरेको चर्चा बढी हुने गरेको छ ।

राजनीति शास्त्रका प्राध्यापक डा। लोकराज बरालले अवसर खोज्ने र व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि विभिन्न पृष्ठभूमिका व्यक्ति राजनीतिक दलमा प्रवेश गर्ने गरेको बताए ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

नेपालजस्ता विकासशील राष्ट्रमा राजनीतिक दल प्रवेश स्वार्थ केन्द्रित रहँदा आदर्श राजनीति शून्य प्रायः रहेको भन्दै । उनले नेपालको राजनीतिमा पद, पैसा र शक्ति हावी हुँदा विवादित तथा फरक पृष्ठभूमिका व्यक्ति पार्टी प्रवेश गर्ने गरेको बताए ।
ओएस नेपालबाट

२०७८ मंसिर १९, आईतवार प्रकाशित 0 Minutes 70 Views

ताजा समाचार