२०७८ माघ ११ मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक प्रहरी जवान पक्राउ

१९ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् ।

विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा उनी पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले अनलाइनखबरलाई बतायो । थप अनुसन्धान भइरहेको छ । अन्लाईन खबर बाट

थप पढ्नुहोस:
काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्रा`उ गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट एक जनालाई प`क्रा`उ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले त्यस पसलका म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिएको मैनालीले बताए । उनका अनुसार दरबारमार्ग क्षेत्रमा स्रोत नखुलेको रकम लुका`एर राखेको भन्ने सूचना प्रहरीले पाएको थियो। सो सूचनाको आधारमा प्रहरीको टोली गत शुक्रबार ख`टिएको थियो।

टोली बिइङ ह्युमनको कपडा पसलमा पुगेर चेकजाँच गर्दा त्यहाँ ६९ लाख ५० हजार नगद फे`ला पारेको थियो। म्यानेजर हिरोसी खनालले स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ति शु`द्धिक`रण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाएको छ।

उनीबाट एक हजारका दरले १०० वटा भएको ४९ लाख रुपैयाँ, ५००का दरको १०० वटा भएको २० लाख ५० हजार रुपैयाँ र बिइङ ह्युमनको निलो रंगको झोला बरा`मद गरेको छ।

२०७८ मंसिर १९, आईतवार प्रकाशित 0 Minutes 115 Views

ताजा समाचार