२०७८ माघ ११ मंगलवार

प्रहरी कार्यालयको बाथरु’ममा २३ वर्षीया सन्ध्या पौडेलको श’व भे’टियो’

सुनसरीको देवानगन्ज इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानकी पत्नी मृ’तावस्थामा फेला परेकी छन् ।

शुक्रबार दिउँसो सो कार्यालयमा कार्यरत प्रहरी जवान अनिश पौडेलकी २३ वर्षीया श्रीमती सन्ध्या पौडेल कार्यालयको बाथरुमभित्र पा’सो लागेको अवस्थामा मृ’त भेटिएकी हुन् ।

अनिश सोही कार्यालयमा प्रहरी जवान पदमा कार्यरत थिए । सन्ध्या भने कार्यालय छेउको घरमा भाडामा बस्दै आएकी थिइन् । कोठा भाडामा बसेपछि

प्रायः दिउँसोखेर पतिको कपडा धुन प्रहरी कार्यालयकै बाथरुममा पुग्नेगरेकी उनी शुक्रबार दिउँसो झु’ण्डिएको अवस्थामा मृ’त फेला परेकी हुन् ।

उनी सलको पासो लगाएको अवस्थामा मृ’त भेटि’एको देवानगन्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बद्रीप्रसाद दाहालले बताए ।

उनका अनुसार अनिश फुटबल खेल्न बाहिर गएको अवस्थामा सन्ध्या कपडा धुन बाथरुमभित्र पसेकी थिइन् ।

फुटबल खेलेर फर्किएपछि अनिशले नै सन्ध्यालाई बाथरुमभित्र मृ’तावस्थामा फेला पारेको दाहालले जानकारी दिए । पा’सो लगाएको अवस्थामा भेटिएका कारण उनले आ’त्महत्या गरेको हुन सक्ने दाहालले जानकारी दिए । उनका अनुसार श’व पो’स्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ ।

२०७८ मंसिर २०, सोमबार प्रकाशित 0 Minutes 107 Views

ताजा समाचार