२०७८ माघ ११ मंगलवार

ठेकेदारलाई कारवाहीको माग राख्दै धर्ना दिन पुगेका स्थानीय प’क्राउ,,

ठेकेदारलाई कारवाहीको माग राख्दै धर्ना दिन पुगेका स्थानीय प’क्राउ,,

काठमाडौं । दोलखाको चरिकोट–मुडे सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारलाई कार`वाही हुनुपर्ने भन्दै सडक विभागमा धर्ना दिन पुगेका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७४ भित्र सम्पन्न हुनुपर्ने उक्त निर्माण कार्य अझै पनि सम्पन्न नभएको भन्दै सो क्षेत्रका स्थानीय र सरोकारवालाहरु मंगलबार ललितपुरको चाकुपाटस्थित विभागमा धर्ना दिन पुगेका थिए । धर्नाका क्रममा उनीहरुले विभागको गेटमा बसेर नाराबा`जी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले चरिकोट–मुडे सडक चाडो कालोपत्रे गर, ६ बर्षदेखि दोलाखाबासीले भोगिरहेको विचल्लीबाट मुक्ति दे लगायका नारा लगाएका थिए ।

यसअघि सोमबार चरिकोट–मुडे सडक विस्तार संघर्ष समितिसंगको छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले समयमा नै सडक निर्माण नगर्ने ठेकेदारसँगको सम्झौता तोड्ने बताएका थिए । न्युज२४ बाट

२०७८ मंसिर २१, मंगलवार प्रकाशित 1 Minute 61 Views

ताजा समाचार