२०७८ माघ ११ मंगलवार

१८ वर्षीया किशोरीलाई सामुहिक ब’ला’त्का’र गर्ने १० जनालाई १३ बर्ष कै’द

परासी । १८ वर्षीया किशोरीलाई सामुहिक ब’ला’त्का’र गर्ने १० जनालाई नवलपरासी जिल्ला अदालतले जनही १३ वर्ष कै’द र १ लाख रूपैयाँ जरिवाना तोकेको छ ।

२ वर्षअघि जबरजस्ती क’र’णी गरेको अभियोगमा ९ वर्ष र सामुहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सोमबारको इजलासले गरेको कैद सजायसँगै जनही १ लाख रूपैयाँ जरिवानास्वरूप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको बताइएको छ ।

घ’ट’ना’मा संलग्न १० मध्ये ९ जना घ’ट’ना लगत्तै पक्राउ परेका थिए भने एक जना अझै फरार छन् । जिल्लाको सुस्ता गाउँपालिका–३ बस्ने १८ वर्षीया किशोरीलाई २०७६ भदौ २२ गते उनीहरूले सामुहिक ब’ला’त्का’र गरेका थिए ।

घटनामा संलग्न भएर सजाय पाउनेमा सुस्ता गाउँपालिका–३ फेनरहवा र सेखवानी गाउँका हुन् । उनीहरू सबैको उमेर १९ देखि ४० वर्ष छ । इमेजखबर बाट

२०७८ मंसिर २२, बुधबार प्रकाशित 0 Minutes 78 Views

ताजा समाचार