२०७८ माघ ११ मंगलवार

५ घण्टामै करोडबाट सिधै रोडमा…

सिन्धुली– अघिल्लै दिन पसलमाकामगर्ने मजदुरहरु छुट्टी दिएर भान्जीको विवाहमा वरबधुलाइ आर्शिवाद दिनकालागि व्यवसायी सिकन्दर शाह जनकपुर पुग्नु भएको थियो । विवाहको दिन आफन्तजनको भिडभाडमा भेटघाटको कार्यक्रम चलिरहेको थियो । केही समयको लागि उनले आफ्नो व्यवसाय विर्सिएका थिए । त्यत्तिकैमा मंगलबार विहानको ९ बजेको हाराहारीमा पसलको गोदाम रहेको कोठाबाट आ’गोको धुवा“ निस्किरहेको छिमेकबाट सूचना प्राप्त गरे । अत्तालिनु भएका व्यवसायी शाहलाइ के गर्ने कसो गर्ने भयो ।

मजदुरहरुलाई फोन गरेर तत्काल पसलमा पुगेर कोठा खोली आ’गो नि’भाउन भन्न उहाँले भ्याउनु भयो । त्यस पछि जान पहिचान भएका सबै लाई फोन गर्नु भयो । कमलामाई नगरपालिकाको बारुणयन्त्रलाई खबर गरि दिन समेत उहाँले अनुनय गर्नु भयो । उहाँ सिन्धुलीमाडी बाट ७० किलोमिटर दक्षिण जनकपुरमा हुनु हुन्थ्यो । यता मजदुरले गोदामको चावीलिएर पसलमा पुग्दा धेरै ढिला भैसकेको थियो । गोदाममा भण्डारण गरिएको ता’र्पिनको तेल, पाइप, इलेक्ट्रोनिक्सका सामान, शौचालयमा प्रयोग हुने कम्बोड लगाएत प्रज्वलनशील वस्तुमा आगोले भेटिसकेको थियो ।

कमलामाई नगरपालिका–६ रातमाटास्थित हार्डवेयर पसलमा मंगलबार भि’षण आ’गलागि हु“दा करोडौंको धनमाल ज’लेर न’ष्ट भएको छ । शाह आयरन एण्ड इलेक्ट्रिक सेन्टरमा विद्युत सर्ट भएर आ’गलागि ६ करोड भन्दा बढीको सामान जलेर न’ष्ट भएको छ । आ’गलागीबाट जलेर सबै खरानी भएको भन्दै व्यवसायी शाह बिलौना गर्नु भयो । धुवा“को कालो मु’स्लोले सदरमुकाम सिन्धुलीमाडी ढाक्दै लगेको थियो । कमलामाई नगरपालिका बाट बा’रुणयन्त्र आइ पुग्यो । ४० मिनेटको समय लगाएर आएको बा’रुणयन्त्रको पानीले अलिकता पनि आगो घटेन झन बढि भयो ।

स्थानीयहरु चि’च्याउ“दै आगलागी नि’भाउन कस्सिएका थिए । बीपी राजमार्गको किनार भएकाले सवारी साधनजाम हुन थाल्यो । बा’रुणयन्त्र नजिक रहेको ग्वाङखोलामा पानी भर्न जाने र आउने गर्दै थियो तर आगो घेटेन । साधारणतया जनकपुर आउजाउ गर्न एकतर्फी दुइघण्टाको हाराहारीमा लाग्छ । तर व्यवसायी शाह डेढ घण्टा नवित्दै आई पुग्नु भयो ।धेरै दुःखले व्यवसायमा उकालो लाग्दै गर्नु भएका शाहले द’नदनी आ’गो ब’लेको हेर्ने सक्नु भएन् वेहोस भएर ढल्नु भयो । एक घण्टा जतिमा होस त आयो तर बाकी केही थिएन् । हजारबाट लाख, लाखबाट करोड र करोडबाट १० करोडमा व्यवसायलाई बल्ल रन गराउ“दै हुनु हुन्थ्यो, उहाँले भन्नु भयो, “करोडबाट पाँच घण्टा पनि नलागी रोडमा आइपुगे ।”

सपना जस्तै लागेको छ । जता हेर्यो ज’लेको सामान भन्दा केही छैन् । धन्न छिमकी जिल्ला रामेछाप, दुधौली नगरपालिका बाट दमकल आइपुगेकाले छिमेकमा क्षती हुन पाएन् उहाँले थप्नु भयो ।सेना, शशस्त्र र जनपथप्रहरी तथा स्थानीयले ठुलो गुन लगाएको व्यवसायी व्यवसायी शाहलाई लागेको छ । अगाडि पसलमा भएका केही सामान भने जोगिएको छ । पा“चवर्ष अघि १ नं बजारमा रहेको घरबाट फराकिलो स्थान हेरेर बीपी राजमार्गको किनार रातमाटामा पसल सार्नु भएको थियो । आफैंले अस्थायी संरचना निर्माण गरि जग्गा लिजमा लिनु भएको उहाँलाई लुज वाइरिङ्ग गरेकोमा भने थकथकि लागेको छ ।

लुज वायरिङ्ग गर्दा तारको गुज्रने मितिको ख्याल नै भएन, उहाँले भन्नु भयो, “सानो गल्तीले गर्दा सबै स्वाहाभयो ।” आफु नभएको बखतमा नै विद्युत स’र्ट हुनुलाई उहाँ दैवको लिला भन्नु हुन्छ । सानोसानो त्रुटिले गर्दा सबै स्वाहा हुने आफ्नो स्थितीबाट सबै सचेत हुन उहाँले अपिल गर्नु भयो । हार्डवेयरसगै रहेको कनिस्का इन्टर प्राइजेजको गोदाम हेर्दा पनि कम्ता विरक्त लाग्दो नरहेको स्थानीय बताउ“छन् । स्थानीयएवं वडाध्यक्ष उज्वल थापा डढेको म’दिरा र चाउचाउ विस्कुटको खरानी हेर्दा विरक्त लाग्ने सुनाउदै उहाँले भन्नु भयो, “दुइवटै पसलमा यूवा व्यवसायी थिए, उनीहरुले गरेको प्रगती सुनाउन लायकहु“दै गएको थियो ।

तर केही घण्टामै खरानीभयो ।” कनिस्काको दुई करोड बढि आगलागीबाट क्षती भएको संचालक संन्जु शाहले जानकारी दिनु भयो ।हार्डवेयरको गोदाममा प्रज्वलनशिल तथा पाइप, प्लाष्टिक, प्लाइउड, लगाएत आगोले चाडो टिप्ने सामान भएकाले आ’गलागी पुरै नियन्त्रण लिन पाचघण्टा लागेको थियो । सेना, शसस्त्र र जनपथ, नगर प्रहरी, स्थानीय मिलेर आगोले नभेटेको सामान जोगाउन स्वयंसेवीभई काम गरेका थिए । इम्यानुयल कन्ट्रक्सको ट्यांकरबाट समेत पानी ओसारिएको थियो ।

२०७८ मंसिर २२, बुधबार प्रकाशित 0 Minutes 113 Views

ताजा समाचार