२०७८ माघ ११ मंगलवार

मंसिर २८ गते मंगलबार संसद भवन घेराउ गर्ने विप्लवसहित ६ पार्टीको निर्णय,,,

दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको छ।बुधबार राजधानीमा बसेको गठबन्धनको बैठकले एमसीसीको विरोधमा

मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय भएको नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार मंसिर २७ गते

नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णय भएको छ भने २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । थप कार्यक्रम आवश्यकता अनुसार तय गरेर आन्दोलनलाई जारी राखिने निर्णय समेत भएको गजुरेलले रातोपाटीलाई बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद अधिवेशन आह्वान गरेकी थिइन् । सो अनुसार संघीय संसदको दुबै सदनको बैठक मंसिर २८ गते मंगलबार दिउँसो २ बजे बस्ने तय भएको छ ।

सो बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाका बीच ६ दलीय मोर्चा तातेको हो । छ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन् ।

एमसीसीविरुद्ध रणनीति बनाउन जुटे ६ दल:
नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा छुटेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका हुन् ।

काठमाडौंमा अहिले बैठक बसिरहेको छ । सरकारले २८ मंसिरबाट सुरु हुन लागेको संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्न लागिएका भनिएका बेला उनीहरूको बैठक बसिरहेको हो ।

२०७८ मंसिर २४, शुक्रबार प्रकाशित 0 Minutes 106 Views

ताजा समाचार