२०७८ माघ ११ मंगलवार

अ’वैध स’म्पत्ति ज’फत गरे एमसिसी ल्या’उनैपर्दैन : लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सबै अ’वै’ध सम्पत्ति ज’फत गरे एमसिसी परियोजना ल्याउनै नपर्ने बताएका छन् । बिहीबार तुलसीपुरमा भएको आमसभामा उनले एमसिसीले दिनेभन्दा बढी पैसा देशका लु’टे’रा’ह’रूसँग रहेको दाबी गरे ।

‘०४६ सालपछिका सबै उच्च नेता र कर्मचारीको स’म्पत्ति छानबिन गरी अ’वै’ध सम्पत्ति ज’फ’त हुनुपर्यो,’ उनले भने, ‘त्यसो गर्ने हो भने एमसिसी ल्याउनै पर्दैन ।’ मुलुक इतिहासकै कमजोर अ’वस्थामा पुगेको दाबी गर्दै उनले स्वाभिमान र पहिचानसमेत हराउने स्थितिमा पुगेको जिकिर गरे ।

‘देश सा’मान्यझैँ लाग्छ । गोली चलेका छैनन् । मान्छे मा’रा’मा’र छैन । विदेशी हस्तक्षेप छ भने विदेशी सेनाहरू आएका छैनन् । सबै ठीकठाकजस्तो देखिन्छ । तर, देश इतिहासकै सबैभन्दा कमजोर अवस्थामा छ । आफ्नोपन हराएको छ । स्वाभिमान, पहिचान हराउने स्थितिमा पुग्दै छ,’ उनले भने ।

उनले वर्तमान नि’र्वाचन प्रणाली खर्चिलो भएकाले परिवर्तन गर्न आवश्यक रहेको बताए । ‘गरिबको छोरोसँग देश बनाउने जस्तोसुकै योजना भए पनि निर्वाचन जित्न सक्ने अवस्था छैन,’ उनले भने, ‘करोडौँ खर्च गर्नुपर्ने ।

किनेर सांसद, मन्त्री बन्नुपर्ने अवस्था छ, त्यस्तो व्यक्तिले देश नलुटेर के गर्छ ?’ यो व्यवस्था प’रिवर्तन गरी राष्ट्रप्रमुखको रूपमा रा’जसंस्था ल्याउनुपर्ने उनको भनाइ थियो ।

२०७८ पुष ९, शुक्रबार प्रकाशित 1 Minute 59 Views

ताजा समाचार