२०७८ माघ ११ मंगलवार

दाङमा जब एक व्यक्ति बँदेलकाे मासु लिएर बजार पुगे…

बिहीबार दाङकाे देउखुरीमा एकजना जंगली बँदेलकाे मासु लिएर बजारमा बेच्न निस्किए ।

राजपुर गाउँपालिका वडा नम्बर २ बेला गैरा घर भएका ४५ वर्षिय राम सुन्दर चौधरी जंगली बँदेलकाे मासु लिएर जब लमही बजारमा पुगे प्रहरीले उनलाइ प’क्रा’उ गर्याे । प्र’ति’ब’न्धि’त मानिएकाे जंगली जनावरकाे मासु बेचबिखनकाे कार्यमा उनि प’क्रा’उ परेका हुन् ।

जंगली जनावर बँदेलको मासु लिएर आउँदै गरेको गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीले बिहिवार बिहान १० बजे लमहीको सनलाइट चोकबाट नि’य’न्त्र’णमा लिएको हो ।

पक्राउ परेका चौधरीको साथबाट ८ किलो काचो मासु बरामद भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

प’क्रा’उ परेका चौधरी र बँदेलको मासुलाई वडा प्रहरी कार्यालय लमहीले डिभिजन वन कार्यालय देउखुरी लमहीलाई बुझाइएको छ ।

चौधरी माथि थप अनुसन्धान भइरहेको र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कार्वाही हुने वन कार्यालयले जनाएको छ ।

२०७८ पुष ११, आईतवार प्रकाशित 0 Minutes 273 Views

ताजा समाचार