२०७८ माघ ११ मंगलवार

ड्युटी सकेर घर फर्कदै गर्दा स्टाफ नर्सको निधन । हार्दिक श्रद्धाञ्जली !!

काठमाडौ । स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ । झापा जिल्ला, भद्रपुर– २ मा स्थाई बसोबास भई हाल ईमाडोल, ललितपुरमा बस्ने सुब्बाको दुर्घटनामा निधन भएको हो ।

स्टाफ नर्स सुब्बाको पुस तीन गते शनिबार राति ७ः३५ बजे गम्भीर सडक दुर्घटना भएकोमा तत्काल उहाँलाई विएण्डबी अस्पतालको आइसियुमा राखेर उपचार गरिएको थियो । निशाको दिदी विमान लिम्बुले पुस तीन गते साँझ स्कुटी दुर्घटनामा गम्भीर घाईते भएपछि विएण्डबी अस्पतालमा भर्ना गरी आइसियुमा उपचार गरिएकोमा शनिबार निधन भएको जानकारी दिनुभयो ।

आइसियुमा उपचाररत नर्स सुब्बाको शनिबार बिहान निधन भएको हो । हाल उहाँको शव पोष्टमार्टमको लागि पाटन अस्पताल राखिएको छ । पोष्टमार्टम सकेपछि आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने निशाको दिदी विमान लिम्बुले जानकारी दिनुभयो ।

सामाजिक संजालमा विमान लिम्बु लेख्छिन: दाजुको छोरी(भदाइनी) प्रति भावपूर्ण श्रद्धाञ्जली

झापा जिल्ला, भद्रपुर- २ मा स्थाई बसाेबास भई हाल ईमाडाेल, ललितपुर बस्ने मंगल सिं लिम्बूकी नातिनी, पदमसुन्दर लिम्बू तथा निर्मला लिम्बूकी छोरी, पेशाले स्टाफ नर्श, सुश्री नीशा सुब्बा २०७८ साल पाैष ३ गते शनिबार राति ७:३५ बजे गम्भीर दुर्घटनामा परि B&B अस्पतालको ICU मा राखिएकाेमा हाल मृत्यु भई पाटन अस्पतालमा पाेष्टमार्टमकाे लागि लगिएकाे छ ।

दिबङ्गत् सूश्री निशा सुब्बाकाे अन्त्यष्टी निम्न मिति, समय र स्थानमा हुने ब्यहाेरा सराेकारवालाहरु सबैलाई जानकारी गर्दछु ।

२०७८ पुष ११, आईतवार प्रकाशित 1 Minute 192 Views

ताजा समाचार