२०७८ माघ ११ मंगलवार

कहाँ बाट आए शनि तामाङ ? जसले काठमाण्डौमा घटाए डरलाग्दो घटना

काठमाडौं, पुस ११ – शनिबार मध्यरातमा तारकेश्वरमा एक जनालाई खुकुरी हानेर भाग्दै गरेकालाई समाउन खोज्दा उल्टै प्रहरीमाथि नै खुकुरी प्रहार भएको छ ।

रामेछापका शनि तामाङको खुकुरी प्रहारबाट दोलखा चरिकोट गाउँपालिका–१ का सुवास तामाङ र महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत प्रहरी नायब निरीक्षक पदम अवस्थी घाइते भएका हुन् ।

प्रहरीका अनुसार तार्केश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक सामान्य विषयमा विवाद हुँदा रामेछापको मन्थलीस्थित लिखु गाउँपालिका घर भई हाल तार्केश्वर नगरपालिका जरङ्खु बस्ने २९ वर्षीय शनि तामाङले सुवास तामाङलाई खुकुरी प्रहार गरेका थिए । उनको टाउको र घाँटीको पछाडिको भागमा चोट लागेको छ । उनीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

तामाङलाई घाइते बनाई भाग्ने क्रममा लखेट्दै जाँदा महानगरिय प्रहरी वृत्त बालाजु दरबन्दी भई हाल महानगरी प्रहरी प्रभाग धर्मस्थलीमा कार्यारत प्रहरी नायब निरीक्षक पदम अवस्थीलाई समेत खुकुरी प्रहार गरेका थिए । अवस्थीको टाउकोमा चोट लागेको र उनको नेपाल प्रहरी अस्पतालमा उपचार थालिएको छ । खुकुरी प्रहार गर्ने तामाङ प्रहरीको नियन्त्रणमा आइसकेको र उनीमाथि अनुसन्धान जारी रहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

आरोपी समाउन खोज्दा धर्मस्थलीका सई पदम अवस्थीमाथी खुकुरी प्रहार
यस्तै, काठमाडौंको नागढुंगाबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। आइतबार बिहान पौने ४ बजे चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगा चेक पोइन्टबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ।

विरगंजबाट काठमाडौं आउँदै गरेको ना ८ ख ४६८० नम्बरको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गरेको थियो। त्यसमा सवार पर्सा पकाहमैनपुर गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय सुनिल साहलाई प्रहरीले पक्राउ गरेको हो।

उनले बोकेको झोलाबाट लागु औषध बरामद भएको प्रहरीले जनाएको छ। ५०० एम्पुल डाइजापाम, ५०० एम्पुल नुफिन, ५०० एम्पुल फेनरागन र ९०० ट्याब्लेट नाइट्राभेट बरामद गरेको वृत्तले जनाएको छ। प्रहरीले पक्राउ परेका साहमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान अघि बढाएको छ।

२०७८ पुष १२, सोमबार प्रकाशित 0 Minutes 119 Views

ताजा समाचार