२०७८ माघ ११ मंगलवार

अब राजालाई गाली गरेर राजनीति गर्ने दिन गए : अध्यक्ष लिङ्देन

नवलपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएकाले पुनः लिकमा हिडाउन जरुरी भएको बताएका छन् ।

राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठक र आमसभालाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सहि ट्रयाकमा हिडाउन सकिने बताएका छन् ।

आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले केही दलका नेताले यदाकदा आफ्नो गल्ती र क`मीकम`जोरी ढाकछोप गर्न राजालाई गा`ली गर्ने प्रवृत्ति प्रति लक्षित गर्दै भने- “राजालाई गा`ली गरेर राजनीति गर्ने र राजनीति टिकाउने दिन अब गए ।”

अध्यक्ष लिङ्देनले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधता भएको र आपसी एकता कायम रहेको नेपाललाई अस्थिर र विभाजित गर्न विदेशीले धर्म निरपेक्षताको कार्ड प्रयोग गरेको र हिन्दु राष्ट्रको पहिचान समाप्त गर्न नेपालका राजनीतिक दल र दलका नेताहरू विदेशी ष`ड्य`न्त्रको शि`कार भएको बताएका छन् ।

अध्यक्ष लिङ्देनले देशमा लोकत`न्त्रको नाममा लु`टत`न्त्र म`च्चि`एको, लुटत`न्त्रलाइ परा`स्त गर्न बलियो राष्ट्रवादी केन्द्रको जरुरत रहेको र राप्रपा जनताको भरपर्दाे शक्ति बन्दै गएको बताउँदै लोकतन्त्र र जनताको सर्वोच्चता प्रति राप्रपा प्रतिब´द्ध राजनीतिक शक्ति भएको दा´बी गरेका छन् ।

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले कांग्रेस र कम्युनिस्ट शासन गर्न असफल प्रमाणित भइसकेको उल्लेख गर्दै विकास, प्रगति र समृद्धिका लागि अब नेपाली जनतासंग पर्खने समय नरहेको उल्लेख गरेका छन् । अर्का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले देशका विकृ`ति विसंगतिका वि´रुद्ध जनता आ´न्दो´लित हुनुपर्ने बेला आएको र जनताको तागत पटकपटक परिवर्तन गरिसकेका राजनीतिक शक्तिलाई अवगत रहेको स्मरण गराएका छन् ।

कार्यक्रममा महामन्त्री भुवन पाठक, नेताहरू निलकण्ठ काफ्ले, हेमजङ गुरुङ, विन्दु पहाडी पौडेल, ताहिर अली, विष्णु अधिकारी लगायतले सम्बो,धन गरेका थिए । वि,स्ता,रित बैठक मंगलबारसम्म चल्नेछ । लेखाजोखा न्युज बाट

२०७८ पुष १३, मंगलवार प्रकाशित 1 Minute 70 Views

ताजा समाचार