२०७८ माघ ११ मंगलवार

सर्लाहीमा प्रहरीको गाडीमा आ`गज`नी,,,

१२ पुस, जनकपुरधाम। व्यवसायीको मृ`त्युको विषयलाई लिएर वि`रो`धमा उत्रिएको समूहले सर्लाहीमा प्रहरीको गाडी जलाएका छन् ।

प्रदर्शनकारीले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा रहेको बा.१ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जीपमा आ`गज`नी गरेका हुन् । आ`गला`गीबाट गाडीको अधिकांश भाग ज´लेको छ ।

प्रदर्शनकारीले गाडीमा आगजनी गरेपछि प्रहरीले उनीहरुलाई लखेट्न केही राउन्ड अश्रुग्याँस फा`यर गरेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार गाडीमा आगजनीबाट झन्डै ५ लाख बराबरको क्ष`ति भएको छ ।

इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका-७ मा ठ`क्कर दिँदा ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका-५ का व्यवसायी रामकुमार महतोको मृ`त्यु भएको थियो ।

प्रहरीले भने महतोले चलाइरहेको मोटरसाइकल ट्रकलाई ओभरटेक गर्ने क्रममा आफैं प्रहरीको भ्यानमा ठोक्किएको जनाएको छ । प्रदर्शनकारीहरुले रातको समयमा भएको घ`टना प्रहरीले लुकाएको आरोप लगाउँदै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । अन्लाईन खबर बाट

२०७८ पुष १३, मंगलवार प्रकाशित 1 Minute 69 Views

ताजा समाचार