२०७८ माघ ११ मंगलवार

मापदण्डभन्दा बढी सुन, मोबाईल लगायतका सामान ल्याएको खण्डमा जफत हुन्छ : भन्सार विभाग

सुन तस्करीको आशंकामा विदेशबाट नेपाल गएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई, कतार र मलेशियाबाट नेपाल गएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा हिजो सोमबार देखी ४० जना कर्मचारी परिचालन गरिसकेको छ । जाँचमा कडाइ गर्न थालेपछि विमानस्थलमा सोमवारदेखि भीड पनि बढेको छ ।

विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईका अनुसार पछिल्लो समय विदेशबाट नेपाल आउनेहरु सुन तस्करीमा पक्राउ पर्ने गरेको र बयानमा आफूलाई त्यसबारे केही थाहा नभएको जानकारी दिने गरेकाले यस्तो ठगीबाट जोगिन आग्रह गरेका छन् । त्यसैले विमानस्थलमा कसैले ललाइ फकाइ कुनै सामान लगिदिन भनेमा राम्रोसँग बुझेर मात्र ल्याउन त्रिभुवन विमानस्थले भनेको छ ।

त्रिभुवन विमानस्थल हुँदै स्वदेश आउने यात्रुहरुले प्रचलित कानुनले दिएको सुविधाभन्दा बढी मात्रामा सुन, ल्याप्टप, मोबाइल ल्याउने गरेका छन् । यसरी सामान ल्याउँदा यात्रुहरु कानुनी फन्दामा पर्ने गरेका छन् । भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी गएकाे जेठ १५ गतेदेखि लागु हुने गरी यात्रुले आफूसँगै ल्याउन र लैजान पाउने सामानको तल उल्लेखित परिमाणमा मात्र भन्सार महसुल छुटमा ल्याउन पाउने भन्सार कार्यालयले जनाएको छ ।

१. व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म ५० ग्राम भन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने र त्योभन्दा बढी परिमाणका सुनका गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने, व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने र त्याेभन्दा बढी परिमाणको सुन ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने ।

व्यक्तिगत प्रयोगको ट्याबलेट वा ल्यापटप १ वटा (त्याेभन्दा बढी भएमा भन्सार महसुल लाग्ने) ।
व्यक्तिगत प्रयोगको मोबाइल १ वटा (त्याेभन्दा बढी भएमा भन्सार महसुल लाग्ने) ।
रक्सी १ लिटरसम्मको बोतल (त्याेभन्दा बढी परिमाणको रक्सी जफत गरिने) ।

२०७८ पुष १३, मंगलवार प्रकाशित 0 Minutes 84 Views

ताजा समाचार