२०७८ माघ ११ मंगलवार

ओलीले आश्वासन बाँडे, रामकुमारीले लालपूर्जा बाँडिन्,,,,

काठमाडौं । साढे तीन वर्ष सरकार चलाउँदा केपी शर्मा ओलीले जनतालाई विकासका अनेक आश्वासन बाँडे, तर परिणाम केही भएनन् । एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरु भने आश्वासन भन्दा रिजल्टमा केन्द्रीत भएका छन् । सरकारमा गएको छोटो अवधिमै समाजवादीका मन्त्रीहरुले राम्रा काम गरेर जनताको मन जित्न थालेका छन् ।

सहकारी विकास मन्त्री रामकुमारी झाँक्रिले पनि केही राम्रा काम थालेकी छिन् । नवलपरासी स्थित वर्दघाट (साविक दाउन्ने गाविस)मा लामो समय देखि अब्यवस्थित रूपमा बसोबास गरी बस्दै आएका स्थानीयलाई प्रक्रिया पूरा गरी लालपूर्जा वितरणको कामको उनले शनिबार सुरुवात गरेकी छिन् । राष्ट्रिय आवास कम्पनी लिमिटेडमार्फत यस्तो कामको सुरुवात गरिएको हो ।

आश्वासनमा होईन काम र परिणाममा विश्वास गर्छौ- रामकुमारी झाँक्रि
विसं २०२० साल देखि पुर्नबास कम्पनी, राष्ट्रिय वस्ती विकास कम्पनी हुदै आएको राष्ट्रिय आवास कम्पनी लिमिटेड, नेपाल सरकारको शहरी विकास मन्त्रालय अन्तर्गतको सरकारी कम्पनी हो। यो कम्पनी बन्नु भन्दा पहिले विसं २०१३ साल देखि रापती दून कार्यक्रम अन्तर्गत बसोबास गरेका हकवाल नागरीकलाई जग्गा धनि पूर्जा दिनु पर्ने थियो।

लामो समय देखि सिर्जित सरकारी दायित्वबाट कम्पनीले आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने छ । केही राजनितीक मुद्दा, केही सामाजिक मुद्दा, केही स्थानीय समस्या र कतिपय ब्यवस्थापकिय कामको झमेलाको कारण यो कार्य आजसम्म सम्पन्न हुन सकेको थिएन। नवलपरासी स्थित वर्दघाट साविक दाउन्ने गाविसमा पनि लामो समय देखि अब्यवस्थित रूपमा बसोबास गरी बस्नु भएका करीव छ सय परिवारलाई जग्गा सर्जमिन, नापजाँच र छानविन कार्य सम्पन्न गरीएको छ।

प्रचलित कÞानून बमोजिम मालपोतले निर्धारण गरेको राजश्व दाखिला गरी सूचना बमोजिम जग्गा धनी पूर्जा वितरणको काम आज मिति २०७८ पौष १० गतेबाट सुरूवात भएको छ। प्रचलित कानून र कार्यविधिको आधारमा जाग्गा प्राप्तिको लागि दावी गर्न सम्बन्धित सबैमा आह्वान गर्दछु। नेपाल सरकार आफ्नो दायित्व प्रति जिम्मेवार छ। यो जिम्मेवारी पुरा गर्ने प्रक्रियामा हामी छौ।

एकातिर जग्गा जमिनको सम्बन्ध एक प्रकारले झगडा, विवाद र प्रतिसोधको मामिला हुने गर्छ हाम्रो समाजमा। अर्को तर्फ “जग्गा वितरण“ बिकाउ राजनितीक मूद्धा हो हाम्रो सन्दर्भमा। त्यसैले साच्चै जनतालाई जग्गा धनी पूर्जा दिएर जग्गाको मालिक बनाउन नचाहेको जस्तो पनि देखिन्छ।त्यसैले काम सम्पन्न गर्ने गरी यस्ता मुद्दाहरू सरकारको प्राथमिकतामा कमै मात्र पर्छन।

देशैभरी पुर्नवासबाट सिर्जना भएको दायित्वमा करीव १२ हजार ६ सय साठ्ठी परिवार छन। यि परिवारलाई जग्गाको धनी बनाउने जिम्मेवारी र कर्तब्य हाम्रो हो। हामी कुरा र आश्वासनमा होईन काम र परिणाममा विश्वास गर्छौ । तसर्थ सरकार यो कार्य जति छिटो सक्यो टुंगाउन चाहान्छ । म मेरो कार्यकालमा यो सबै काम सम्पन्न गर्न चाहान्छु । यो विषयसंग सम्बन्धित सबैलाई साथ सहयोग लागि अनुरोध गर्दछु।

२०७८ पुष १४, बुधबार प्रकाशित 1 Minute 86 Views

ताजा समाचार