२०७८ माघ ११ मंगलवार

बैंक खाताबाटै यसरि पारिन्छ लाखौं रकम गायव, जिम्मेवार को ?

खाताबाटै धमाधम रकम हराउन थालेपछि बैंकमा पैसा राखेर ढुक्कले बसेका सर्वसाधरणमा त्रास बढेको छ । विराटनगरस्थित एनआइसि एसिया बैंक र राष्ट्रिय बाणिज्य बैंकबाटै रकम हराइरहेको पाइएको छ । इ–सेवा, खल्ती, इमो र ह्वाट्सएपको प्रयोग गर्दै ह्याकरहरूले बैंकको पैसा आफ्नो पोल्टामा पारिरहँदा पनि यसको सुरक्षामा राष्ट्र बैंक र सरकारको ध्यान जान सकेको छैन ।

पछिल्लो विराटनगर–५ का प्रणयकुमार पोखरेलले १६ डिसेम्बर २०२१ मा विराटनगरको एनआइसी एसिया बैंकमा पेन्सन खाता खोले । डिसेम्बर १८ का दिन मध्यान्ह १२ः२२ मा पोखरेलको मोवाइलमा बैंकबाट २५ हजार रुपैयाँ डेबिट भएको (निकालेको) म्यासेज आयो । त्यसको केही बेरमै फेरि ४ हजार रुपैयाँ निकालेको म्यासेज आयो ।

म घरमै बसिरहेको थिएँ अचानक दुई पटक रकम झिकेको म्यासेज आयो पोखरेल रकम खोजी गर्दै विराटनगरकै नविल बैंक पुगे । नविल बैंकले अरुको खाता हेर्न नपाइने बताएर फिर्ता पठायो ।
पोखरेलले भने, ‘हामी बैंकमा पैसा राखेपछि ढुक्क हुन्छौं, सुरक्षित छ भन्ने ठान्छौं तर मैले बैंकमा गएर मेरो पैसा बैंकबाटै हरायो खोजीदिनु प¥यो भन्दा प्रहरीमा उजुरी दिनु यहाँबाट केही हुँदैन भन्ने जवाफ पाएँ ।’

त्यसपछि पोखरेल जिल्ला प्रहरी कार्यालय मोरङमा गए । उनले प्रहरीमा खातामा रकम जम्मा भएको र हराएको सबै विवरण उल्लेख गरी उजुरी दिए । पोखरेल पत्र बोकेर नविल बैंक गए ।
तर, नविल बैंकले एनआइसी एसिया बैंकले उपलब्ध गराएको विवरणमा उल्लेख भएको नविल बैंकको खाता नम्बर नविल बैंकको नभई ‘फेक भएको’ बतायो ।

पेन्सन वापतको रकम खातामा प्राप्त भएको भोलिपल्ट नै चोरी भएपछि खोजीमा हिंडेका पोखरेलको पैसा नविल बैंकबाट २५ हजार ई–सेवामा र चार हजार खल्तीमा लोड भएको विवरण छ ।
पोखरेलको यो समस्या प्रहरीका लागि नौलो थिएन र यस्ता थुप्रै उजुरी प्रहरीसँग थियो । बैंकबाट पैसा हराएको र चोरी गर्ने व्यक्ति फेला नपरेको घटना प्रहरीका लागि तनावको विषय थियो ।

मंसिर ७ गते विराटनगरका मनोजकुमार जैसवालको राष्ट्रिय वाणिज्य बैंकबाट १ लाख ५८ हजार रुपैयाँ हरायो । उनको उजुरीमाथि प्रहरीले एक महिनादेखि अनुसन्धान गरिरहेको छ । तर, रकम चोर्ने व्यक्तिको नजिकसम्म पुग्न सकेको छैन ।

मंसिर ९ गते विशाल राजवंशीको एनआइसी एसिया बैंकमा रहेको खाताबाट २ लाख ३० हजार रुपैयाँ हरायो । राजवंशीको खातामा भएको उक्त रकम पटक–पटक गरी खल्ती सेवामा लोड भएको देखिएको मोरङ प्रहरीले जनाएको छ । त्यो रकम खल्तीबाट तुरुन्तै निकालेको देखिन्छ । तर, प्रहरी रकम झिक्ने व्यक्तिसम्म अहिलेसम्म पुग्न सकेको छैन ।

त्यसअघि कात्तिक ५ गते सुरेश घिमिरेको १ लाख रुपैयाँ जम्मा भए लगतै हरायो । घिमिरेको रकम भने उनकै कमजोरीका कारण चोरी भएको पाइएको छ । घटना अनुसार सुरेशको ह्वाटस् एपमा एउटा कल आएको थियो । ‘कल गर्नेले हिन्दी भाषामा तपाईँलाई चिठ्ठा परेको छ खाता नम्बर पठाइदिनु हामी रकम पठाउँछौं भनेका रहेछन्,’ पीडितको उजुरीका आधारमा मोरङ प्रहरीका अनुसन्धान अधिकारी भन्छन् ‘सुरेश अली चलाख थिए,

प्रहरी अनुसन्धानका क्रममा पोखरेलबाहेक अरू सबैको रकम चोरी हुँदा ह्वाट्स एपको प्रयोग भएको छ ह्याकरले ओटिपी नम्बर पाउनासाथ खाताबाट रकम ट्रान्सफर गरी चोरी गर्ने गरेको र त्यसरी चोरी गर्नेले अरु व्यक्तिकै मोवाइल नम्बर र नागरिकतालगायतका डकुमेन्ट प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो दुई महिनाको अवधिमा मोरङ प्रहरीमा बैंकबाटै रकम चोरी हुने र बैंकका सेवाग्राही ठगिएको उजुरी बढेको छ यस विषयमा नेपाल राष्ट्र बैंक संवेदनशील हुनुपर्ने उनले बताए ।
अनलाइन खबर 24बाट

२०७८ पुष १४, बुधबार प्रकाशित 0 Minutes 67 Views

ताजा समाचार