२०७८ माघ ११ मंगलवार

७४ वर्षिय वृद्धले के गरे यस्तो ! बुढेसकालमा मती बिग्रीएपछी चिसोछिँडिको बास

काठमाडौं, पुस १६ – प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार गोलन्जोर गाउँपालिका वडा नं.७ अँधेरी स्थित वि.पि.राजमार्गमा धरानबाट काठमाडौँ तर्फ जादै गरेको हायसमा सवार सप्तरी बोदेबरसाईन नगरपालिका ८ का अन्दाजि ७४ वर्षका उत्तिमलाल यादवले लुकाइछिपाइ लादैँ गरेको लागु औषध डायलक्स–डिसि सहित प्रहरीले पक्राउ गरेकोे हो ।

धरानबाट काठमाडौँ तर्फ जादै बा.५ ख ५५५९ नं.को यात्रु बाहक हायस गाडीमा सवार यादवको साथमा रहेको दुईवटा हाते झोला भित्रबाट सय एमएलको लागू औषध डायलक्स-डिसि दुइ सय बोतल बरामद गरिएको ईलाका प्रहरी कार्यालय सिन्धुली खुर्कोटले जनाएको छ । लागुऔषध सहित यादवलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । (सम्वन्धित भिडियो तल छ)

यता, महालक्ष्मी नगरपालिका-१ ईमाडोल नयाँबस्ती डेरा गरी बस्ने प्युठान घर भएकी ३८ वर्षीया बिमला बनजांडे (बिष्टको) कोठाबाट नगद, सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ७ लाख ८८ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

उनको कोठामा कोही नभएको अवस्थामा अपरिचित मानिसहरुले कोठाबाट उक्त धनमाल चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अर्कोतिर नुवाकोटको किस्पाङ गाउँपालिका-५ नयाँपुल बस्ने ६० वर्षीया पुछमाया घले गुरुङ बिदुर नगरपालिका-१ स्थित त्रिशुली नदीको किनारामा सोमबार मृत अवस्थामा फेला परेकी छिन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भिडियो :

२०७८ पुष १६, शुक्रबार प्रकाशित 1 Minute 101 Views

ताजा समाचार