२०७८ माघ ११ मंगलवार

ललिता निवासको जग्गामा हिनामिना प्रकरणका मुख्य आरोपी लाई थुनामा राखेर अनुसन्धान,,,,,,

काठमाडौँ । छिटो धन कमाउन खोज्ने एक दम्पतीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । गैरकानुनी धन्दाबाट धन कमाउन खोज्ने एक जोडिलाई काठमाडौँ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ ।

ललिता निवासको जग्गामा हिनामिना प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर बेचविखन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं–१३ ताहाचल घर भएका सुवेदी दम्पतीलाई बुधवार पक्राउ गरेको थियो । बालुवाटारको जग्गा किर्ते मुद्दामा लामो समयदेखि अनुसन्धान गरिरहेको ब्यूरोले आरोपीहरुलाई पक्राउ गर्न थालेको छ ।

सुवेदी वि.सं २०५० सालअघि लेखनदासका रूपमा चिनिन्थे । त्यही क्रममा पञ्चायतकालमै सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको ललिता निवासको जग्गा तत्कालीन भोगाधिकारी रहेका सुवर्णशम्शेरका नातेदारसँग मिलेर व्यक्तिको नाममा ल्याउन सुवेदी बिचौलियाको भूमिका खेलेका थिए ।

त्यसपछि तत्कालीन भोगाधिकारीसँगै मिलेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याएपछि सस्तोमा खरिद गरी प्लटिङ गरेका थिए । ब्यूरोले सुवेदी दम्पतीमाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

बालुवाटारको जग्गा हिनामिना सम्बन्धमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको थियो । सरकारको नाममा आएको जग्गा सुवेदी दम्पतीले मालपोत र नापी कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारेर कागजात किर्ते गरेर बेचेका थिए।

सो जग्गा किनबेचमा मुख्य ‘बिचौलिया’ को रुपमा देखिएको सुवेदी दम्पतीले तत्कालीन मन्त्री र प्रधानमन्त्रीहरूलाई समेत प्रभावमा पारेर निर्णय गरिएको थियो ।

२०७८ पुष १७, शनिबार प्रकाशित 0 Minutes 72 Views

ताजा समाचार