२०७९ असार २१ मंगलवार

भारतको ६ बुँदे शर्त नमानेकाले राजा विरेन्द्र मा’रिए, नेताभन्दा राजा नै देशभक्त – राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्र सामु राखेको ६ बुँदे शर्तहरु नमानेकाले राजतन्त्र फालिएको टिप्पणी गरेका छन् ।

राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बुधबार काठमाडौँमा आयोजना गरेको बिचार गोष्टीमा लिङदेनले राजा विरेन्द्रले भारतको शर्त मानेको भए अहिले नाममात्रैको भए पनि राजसंस्था रहिरहने र वीरेन्द्र पनि मा’रिनुपर्ने परिस्थिति पनि नआउने दाबी गरे।

नेपालमा भारतले नाकाबन्दी लगाउँदा ६ बुँदे शर्त राखेको तर, तत्कालीन राजा वीरेन्द्रले बरु देशकै जनता (दल)सँग सम्झौता गर्ने अडान लिएको उनले बताए। लिङदेनले सक्रिय राजसंस्थाका बेला भएका गतिविधिहरु आफ्नो जीवनमा प्रेरणादायी रहेको धारणा राखे।

२०३२ सालमा सिक्किममा राजसंस्थाको अन्त्य भएपछि भारतसंग बिलय गराएको भन्दै उनले नेपालमा पनि राजसंस्थाको महत्व कायमै रहेको जिकिर गरे। उनले कुनै राजनीतिक दलको नेताभन्दा राजा नै देशभक्त हुने उल्लेख गरे ।* आज प्रतिनिधिसभा बैठक बस्दै, एमसीसीको विषय समावेश छ कि छैन ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७-७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ।

त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने सभामुख अन्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग स‌म्वोधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ। संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै नेकपा (एमाले)का सांसदले अवरोध गर्दै आएका छन्। उनीहरुले आठौं अधिवेशनमा पनि अवरोध गरेका थिए।

यस्तै राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि यही माघ १२ गते निर्वाचन हुने भएको छ। निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्। निर्वाचन आयोगका अनुसार देशभरबाट दुई हजार २५ जना मतदाताले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिनेछन्। मतदाताको नामावली आयोगको वेबसाइटबाट प्रकाशन भइसकेको छ। शनिबार मतदाता नामावली प्रकाशन गर्दै दाबी विरोधका लागि आह्वान गरिएको थियो।

मतदाताको अन्तिम नामावली भने सोमबार प्रकाशित हुने आयोगले जनाएको छ। आयोगका अनुसार मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिसकेको छ।

२०७८ पुष १८, आईतवार प्रकाशित 1 Minute 133 Views

ताजा समाचार