२०७८ माघ ११ मंगलवार

महिलाको मृत्युपछी मन्त्रीका छोरा प’क्रा’उ,,,,

थाम्न सक्नुहुन्न ! १९ पुस, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीका नेता एवम सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए । ‘हामीले सवारी ज्यान मुद्दामा आइतबार उहाँलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेका छौं,’ डीएसपी जोशीले भने ।

डीएसपी जोशीकाअनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् ।

न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्युु भएको थियो । घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युुपछि भने सम्पर्कविहीन भएका थिए ।

निर्मला हत्याकाण्डः शंकास्पद एकजना भारतीय नागरिक पक्राउ

कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

१३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ। १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ। शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर गएका थिए।

विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्याम्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी रहेको प्रहरीका एकजना उच्च अधिकृतले बताए। निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै तरकारी खेती गर्थे।जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ। डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने बताइएको छ।

कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले अनुसन्धान जारी रहेको र आधिकारीक प्रमाण आइनसकेको बताए। उनले भने–‘सोधपुछका लागी ल्याउने लैजाने कुरा भइरहन्छ, हामी गहिरो अनुसन्धान गरिरहेका छौं।’ यसअघि पक्राउ गरिएका दिलीपसिंह विष्टको डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो।

२०७८ पुष १९, सोमबार प्रकाशित 0 Minutes 85 Views

ताजा समाचार