२०७८ माघ ११ मंगलवार

राजेन्द्र लिङ्देनले ४ नेतालाई कारबाहीको डण्डा चलाएपछि आत्तिए कमल थापा !

काठमाडौं । राप्रपा पूर्वअध्यक्ष कमल थापाले पार्टीका ४ जिल्लास्तरीय नेतामाथि भएको कारबाहीको विरोध गरेका छन् ।

उनले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरिएको भन्दै विरोध गरेका हुन् ।

‘राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ।

सो निर्णयप्रति खेद व्यक्त गर्दछु। पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन’, उनले ट्वीटरमा लेखेका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले लामा लगायतलाई पार्टी हित विपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।

थापा महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै लगातार पार्टी नेतृत्व र निर्मल निवासप्रति कटाक्ष गर्दै आएका छन् । उनले पुस २७ गतेदेखि छुट्टै देशव्यापी अभियानसमेत सञ्चालन गर्दैछन् ।

२०७८ पुष २०, मंगलवार प्रकाशित 0 Minutes 86 Views

ताजा समाचार