२०७८ माघ ११ मंगलवार

श्रीमती बनाउँछु, दु:ख गर्नु पर्दैन भन्दै…..भारतमा लगि बि’क्री !!

काठमाडौं, १८ पौष । जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट सूर्यगढी गाउँपालिका-२ ठेगाना भएका ५० वर्षीय टेक बहादुर लामिछाने रहेका छन् । उनलाई पौष ११ गते काठमाडौं तारकेश्वर नगरपालिका-४ लोलाङ हाईटबाट पक्राउ गरेको हो ।

काठमाडौं नयाँबजार डेरा गरी बस्ने पीडित महिलाको श्रीमान बिरामी भई घरमा गएको मौकामा टेक बहादुरले ती महिलालाई श्रीमती बनाउँछु, दु:ख गर्नु पर्दैन भन्दै ललाई फकाई २०४९ जेठ ३० गते धनकुटा लैजाने भन्दै काकँडभिट्टा हुँदै भारतको नयाँदिल्ली पुर्‍याएका थिए ।

निजले भारतमा ति महिलालाई २ जना महिलाको जिम्मा लगाई ३५ हजार भारतीय रुपैयाँमा बिक्री गरेका थिए । सो थाहा पाएपछि उनी बाटोबाटै भाग्न सफल भई २०४९ असार १६ गते नेपाल फर्केर २०४९ कात्तिक २६ गते टेक बहादुर विरुद्ध जिल्ला प्रहरी काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् ।

सो मुद्दाको अनुसन्धानको क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो ववरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

यस्तै, दुर्लभ वन्यजन्तु रेडपाण्डाको सिंगो शरीरको ४ थान छालासहित ४ जनालाई काठमाडौं बसुन्धारास्थित द मयूर क्याफेबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने धादिङ गंगाजमुना गाउँपालिका ७ घर भएका ३९ वर्षीय निर बहादुर घले, काठमाडौं कलंकी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका १३ घर भएका २५ वर्षीय सुरेश गिरी, काठमाडौं टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ४ घर भएका ३१ वर्षीय कृष्ण बहादुर तामाङ र काठमाडौं स्वयम्भू बस्ने ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका २ घर भएका २९ वर्षीय मोहनकर्ण कार्की रहेका छन् ।

बसुन्धारा क्षेत्रमा केही व्यक्तिहरुले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त क्याफेबाट उनीहरूलाई उक्त छाला ३० लाख रुपैयाँमा मोलमोलाई गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई बरामद छालासहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

२०७८ पुष २०, मंगलवार प्रकाशित 1 Minute 71 Views

ताजा समाचार