२०७८ माघ ११ मंगलवार

राधिका तामाङ र पुष्पा घर्तीले मर्यादा भुले

काठमाडाैं – कर्णाली र बागमती प्रदेशका उपसभामुख नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यको सूचीमा परेका छन्। आइतबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती प्रदेशकी उपभामुख राधिका तामाङ र कर्णाली प्रदेशकी उपभामुख पुष्पा घर्तीको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन्।

महाधिवेशनको बन्दसत्रमा प्रचण्डले उनीहरुको नाम पी.घर्ती र आर. तामाङ भनेर बाचन गरेका थिए। घर्ती र तामाङ जनजाती महिला र जनजाती युवा कोटाबाट माओवादी केन्द्रीय सदस्य बनेका एक नेताले जानकारी दिए।

संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख कुनै पनि दलको सदस्य नहुने प्रचलन छ। सभामा निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा गर्ने परंपरा छ। यस अघि माओवादी नेताहरुले पनि त्यस्तो अभ्यास गर्दै आएका थिए।

अपूरो केन्द्रीय नेतृत्व चयन गर्दै सकियो माओवादी केन्द्रको महाधिवेशन – अपूरो केन्द्रीय नेतृत्व चयन गर्दै माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पार्टीको ‘समाजवादउन्मुख समृद्धि’को कार्यदिशा तय गरेको छ । नेतृत्व चयनमा माओवादी आन्तरिक निर्वाचनमा प्रवेश नै गरेन । विधानमा सहमति हुन नसके निर्वाचन पद्धति अंगीकार गर्ने उल्लेख छ ।

११ पुसदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनले आठौँ दिन केन्द्रीय नेतृत्व टुंग्याएको हो । तर, विधानअनुसार महाधिवेशनको बन्दसत्र हलबाट दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्नेमा दुई सय ३७ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ । अर्थात् हलले पूर्ण केन्द्रीय कमिटी बनाउन सकेन ।केन्द्रीय कमिटी चयनमा माओवादी केन्द्रले प्रणाली र विधि दुवै मिश्रित अपनाएको छ । माओवादी केन्द्रले पार्टीको विधानमा केन्द्रीय कमिटीमा ५० प्रतिशत समानुपातिक कोटा सुरक्षित गरेको छ । यसैअनुसार केन्द्रीय सदस्य चयन गर्दा क्लस्टर मिलाउन कठिन भएपछि ६२ पद रिक्त राखिएको छ । केन्द्रीय कमिटीले गर्ने १५ र अध्यक्षले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्नेछन् ।

आइतबार प्रचण्डले महाधिवेशन आयोजक कमिटीका तर्फबाट दुई सय ३७ सदस्यीय केन्द्रीय सदस्यको सूची पेस गरेका थिए, जसलाई हलले अनुमोदन गरेको थियो ।

नयाँ विधानअनुसार केन्द्रीय कमिटीमा क्लस्टरमध्ये खस–आर्य ४८, दलित १६, मुस्लिम दुई, मधेसी सात, आदिवासी ४१, थारू नौ र पिछडिएको क्षेत्रबाट दुईजना गरी कुल एक सय २५ जना समानुपातिक र एक सय १२ खुलाबाट चयन भएका छन् । नयाँ विधानअनुसार केन्द्रीय समिति दुई सय ९९ हुँदा खुलातर्फ एक सय ४५ र समानुपातिकतर्फ एक सय ५४ जना आउने व्यवस्था छ । दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुँदा समानुपातिकतर्फबाट २९ र खुलातर्फ ३३ केन्द्रीय सदस्य हलबाट चयन हुन सकेनन् ।

२०७८ पुष २०, मंगलवार प्रकाशित 0 Minutes 67 Views

ताजा समाचार