२०७८ माघ ११ मंगलवार

बतासले आइतबारसम्म नारायणहिटी रेष्टुरेन्ट सं’रचना नभ’त्काए मन्त्री आलेले आफैं भ’त्काउने,,,,

बतासले आइतबारसम्म नारायणहिटी रेष्टुरेन्ट संरचना नभ’त्काए मन्त्री आलेले आफैं भ’त्काउने !!

नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले तीन दिनको समय दिएका छन् ।

आगामी आइतबार १२ बजेभित्र ती संरचना ह’टाउन मन्त्री आलेले बिहीबार बतास अर्गनाइजेसनलाई दिएको निर्देशन पालना नभए आफैं गएर भ’त्काउने चेतावनी दिएका हुन् ।

‘मैले तीन दिनभित्र संग्राहलयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु ह’टाउन निर्देशन दिइसकेको छु । यदि आइतबार १२ बजेसम्म पनि ती संरचना हटेनन् भने म आफैं पुगेर हटाउँछु’, मन्त्री आलेको भनाइ छ ।

मन्त्री आलेले संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने नि’र्णय गलत भएको भन्दै त्यसबारे छा’नविन गर्न छा’नविन मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन गरिसकेका छन् ।

बिहीबार मन्त्रिस्तरीय नि’र्णय गर्दै मन्त्री आलेले सहसचिव होमप्रसाद लुइँटेलको सं’योजकत्वमा चार सदस्यीय छा’नविन समिति गठन गरेका हुन् । समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल,

लेखा नि’यन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा स’दस्य र स’दस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी सदस्य छन् । समितिलाई तीन दिनभित्र सवै डकुमेन्टहरुको अध्यययन गरी सुझाव पेश गर्न निर्देशन दिइएको छ । रातोपाटी बाट

२०७८ पुष २३, शुक्रबार प्रकाशित 1 Minute 48 Views

ताजा समाचार