२०७८ माघ ११ मंगलवार

२४ घण्टा पनि टिकेन योगेश भट्टराईको झुट, यसरी भयो पर्दाफास !

नारायणहिटी दरबार संग्राहलय भित्र रेस्टुरेन्ट संचालन गर्ने अनुमती कसले दिएको हो भन्ने बिषयले बजार तताएको छ । वर्तमान संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आलेको हाईहाई भएको छ भने पूर्वमन्त्री योगेश भट्टराईको उछितो काड्नेहरु प्रशस्त देखिएका छन् ।

प्रधमानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा सल्लाहकार रहेको बतास समूहले कौडिको भाउमा दरबार मार्गको जग्गा हत्याएर रेस्टुरेन्ट संचालन गर्ने अन्तीम तयारी गरे पछि विभागिय मन्त्री प्रेम आलेले तत्काल रोक लगाएका छन् । मन्त्री आलेको वाहवाही भएको छ भने बदमासी गर्नेको खोजी पनि भइरहेको छ ।

बतास समूहलाई संग्राहलय परिसरमा रेस्टुरेन्ट चलाउँने अनुमती तत्कालिन विभागीय मन्त्री योगेश भट्टराईले दिएको आरोप लागेको छ । भट्टराईले आफु माथी लागेको आरोपको खण्डन गर्दै आफुले लिखित अनुमती दिएको प्रमाण पेस गर्न चुनौती दिएका छन् । भट्टराईले यस्तो चुनौती दिए पनि उनकै सैद्धान्तीक सहमतीमा यो सब भएको पाइएको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दरबारभित्र रेष्टुरेन्ट बनाउन पूर्वमन्त्री भट्टराईले अनुमति दिएको खुलमखुल्ला बताएका छन् । दाहालले पूर्वमन्त्री भट्टराईले नै मौखिक रुपमा सैध्दान्तिक सहमति दिएको बताउँदै नारायणहिटीभित्र एउटा गतिलो क्याफ्टेरिया चाहिएको भनेपछि उक्त प्रक्रिया अघि बढेको बताएका छन् ।

तत्कालिन मन्त्री भट्टराईले यो बिषयमा बोलेको भिडियोनै समेत अहिले भाइरल भएको छ । भट्टराईले उक्त भिडियोमा ठूलो होटल खोल्न होइन कफी सप सम्म खोल्नु पर्ने बताएका छन् । उनको यस्तो भिडियो बाहिरीए सँगै कहि न केहि बदमासी उनी बाट भएको रहेछ भन्ने शंकामा थप बल पुगेको छ ।

सर्वत्र आलोचना हुन थालेपछि पूर्वमन्त्री भट्टराईले रेष्टुरेन्ट प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यससम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता छैन ।’

भट्टराईले सोबारे कुनै पनि निर्णय आफ्नो जानकारीमा समेत नरहेको बताउँदै संलग्नता नरहेको कार्यप्रति जवाफदेहिता समेत नहुने सामाजिक सञ्जालको पोष्टमा उल्लेख गरेका हुन् ।

बिनाकसुर कसैको सार्वजनिक छविमा आँच आउने समाचार र टिप्पणी नगर्न पूर्वमन्त्रीले सबैलाई अनुरोध गरेका छन् । थप स्पष्ट पार्दै मन्त्रीले भनेका छन्, ‘मेरो संलग्नता रहेको भए सत्य,तथ्य र मेरो हस्ताक्षरसहितको निर्णय कपी वा मेरो लिखित निर्देशनपत्र सार्वजनिक गर्न चुनौती दिन्छु ।’

भट्टराईले तत्कालीन घटनाक्रमवारे स्मरण गराउँदै आफू मन्त्री हुनुअघि दरबारभित्र कफी हाउस बनिसकेको उल्लेख गरेका छन् । यता,हिजो रेष्टुरेन्ट निर्माण रोक्न निर्देशन दिएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भने सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ ।

२०७८ पुष २५, आईतवार प्रकाशित 0 Minutes 143 Views

ताजा समाचार