२०७८ माघ ११ मंगलवार

त्रिशुली अस्पतालको लापरवाहीले एक महिलाको मृत्यु

नुवाकोट, २७ पुष / जिल्लाको त्रिशुली अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको छ । विदुर नगरपालिका वडा नम्बर -७ तुप्चेकी सुत्केरीको मृत्यु भएको हो । न्युनतम सेवा मापदण्डमा उच्चतम अंक हासिल गरेको अस्पतालको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएसँगै सोमवार रातीदेखि त्रिशुली अस्पताल तनावग्रस्त बनेको छ ।

घटनाको दोषीलाई कारवाहीको माग गर्दै मृतकका आफन्तले त्रिशुली अस्पतालमा विरोध प्रर्दशन गरेका छन् । यसअघि अस्पतालको लापरवाहीको कारण पटक पटक गरि झण्डै आधा दर्जन सुत्केरीको मृत्यु भइसकेको छ । पुन: एकपटक तुप्चे कि सावित्रि कोईरालाले सोहि प्रकृतिको विरामि भई अस्पताल वसेको ३ दिन पछि गएराती अस्पताल र चिकित्सकको लापरवाहीको कारण मृत्युवरण गर्नुपरेको हो।

सोमबार मात्र अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन दिपेन्द्र पाण्डेले अन्तरकृया भन्दै आफु निकटका पत्रकारहरुलाई कार्यालयमै बोलाएर अस्पताल सुधारका लागी सदैब तत्पर भएर लागिपरेको दाबी गर्दै अबका दिनमा हिजोका गल्तीहरु नदोहोर्याउने वताएका थिए ।

बिभिन्न राजनितीक पार्टिमा संलग्न दलिय पत्रकारहरुको संस्था (पत्रकार महासंघ) मा आवद्ध पत्रकारलाई मात्र बोलाईएको सोमबारको अन्तरकृया कार्यक्रममा जिल्लामा छुट्टै अस्तित्वमा रहेको स्वतन्त्र पत्रकारहरुको संस्था स्वतन्त्र पत्रकार समुहमा रहेका (राजनैतीक पार्टिमा आवद्ध नरहेका पत्रकार) हरुलाई भने बोलाईएको थिएन ।

अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष माओवादी केन्द्र नुवाकोटका नेता तथा किस्पाङ गाउँपालिका अध्यक्षमा उमेदवार अर्जुन न्यौपाने आफ्नो दल माओवादी केन्द्रको सिफारिसमा राजनैतीक नियुक्ती पाएका ब्यक्ती हुन । तर उनले लोकसेवा पास गरेर स्थायी जागिर खाएको जस्तो सोचेर आफुलाई समस्यामा पर्दा दलिय पत्रकारितामा लागेका पत्रकार महासंघका सदस्यहरुलाई प्रयोग गर्ने गरेका छन । गत सातामात्र न्यौपानेको कार्यशैली चित्तबुझ्दो नरहेको भन्दै बागमती प्रदेशकी नबनियुक्त स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पदबहाली गर्ने बित्तिकै बिभागिय मन्त्रालयले चेतावनीस्वरुप उनलाई स्पष्टिकरण पत्र थमाएको थियो ।

तर अध्यक्ष न्यौपानेले आफुमाथी उठेका प्रश्नबारे तालुक मन्त्रालयलाई जवाफ दिनुको सट्टा पत्रकार महासंघका दलिय पत्रकारलाई प्रयोग गर्दै अनावश्यक मिडियाबाजी र सस्तो प्रचारबाजी गरेर आफ्नो जागिर लम्ब्याउन खोजेको आरोप लागेको छ ।

२०७८ पुष २७, मंगलवार प्रकाशित 1 Minute 86 Views

ताजा समाचार