२०७८ माघ ११ मंगलवार

राजावादी र केपी ओली सम्झ्यो कि कन्पारो तातेर आउँछ यी दुवै राष्ट्रघाति र देशद्रोही हुन्: माधव नेपाल

काठमाडौ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले छा’डेर हिँडेको एमाले जिम्मेवार प्र’तिपक्षका रुपमा प्र’स्तुत हुन नसकेको आरोप लगाएका छन्। त्यस्तै, राजावदीहरुलाई देशको लागि जि’म्मेवारी हुननसकेको साथै अड्चन र समस्या जन्माएको आ’रोप लगाएका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार डाकेको सर्वदलीय बैठकमा बोल्दै उनले एमाले जस्तो गैरजिम्मेवार प्र’तिपक्ष र ओली जस्तो अ’राजनीतिक नेता कहिले नदेखेको बताए। उनले भने, ‘राजावादी र केपी ओली सम्झ्यो कि कन्पारो तातेर आउँछ यी दुवै राष्ट्रघाति र दे’शद्रोही हुन्।’

‘एमाले जस्तो गैरजिम्मेवार प्रमुख प्रतिपक्ष र ओली जस्तो अरुको अपमान गर्ने नेता मैले आजसम्म देखेको थिइनँ। राजावादीहरु पनि त्यस्तै, कामकुरो एकातिर कुम्लो बोकि ठिमितिर’ उनले थपे। संसदमा पछिल्लो समय लागिरहेका नाराले पनि यो कुरा पुष्टि गर्छ’, उनले भने, ‘प्रमुख प्र’तिपक्षीले संसदमा प्रयोग गरिरहेका शब्दहरूले सभ्यताका सबै सीमा नाघेका छन्। राजावदीहरु मरेको लासलाई ट्या’उट्या’उ कराउदै उठ उठ भन्दैछन्’ उनले फेरि थपे।

प्रमुख प्र’तिपक्षी नेता (केपी ओली) अरुको अपमान र मा’नमर्दन गर्न लाग्नु भएको छ। ओलीसँग न त लोकतान्त्रिक च’रित्र छ न त सं’स्कार नै छ। साथमा राजावादी तथा ज्ञानेन्द्र शाह पनि’ उनले फेरि थपे। सं’स्कार र रा’जनीतिक च’रित्रबिनाको प्र’तिपक्षी नेता र एमाले जस्तो गैर’जिम्मेवार प्र’तिपक्ष हुनु आफूहरुका लागि दु:खको कुरा भएको पनि उनले बताएका छन्।

राजावादी, ओली र एमाले संसदमा जिम्मेवार नबनेको गुनासो गर्दै उनले सभामुख अग्निप्रसाद सापकोटामाथि पनि गैरराजनीतिक व्यवहार गरिएको आ’रोप लगाए। उनले प्र’तिनिधिसभाप्रति पूर्वाग्रह नराख्न र लोकतान्त्रिक संस्कार प्रदर्शन गर्न एमाले र राजावादीलाई अनुरोध गरेका छन्। अध्यक्ष नेपालले संविधानको धारा ७६ (५) अन्तर्गत अदालतको फैसलाअनुसार पनि दल त्याग आ’कर्षित नहुने जिकिर गरे।

विधि पु’र्‍याएर आफ्नो पार्टी द’र्ता भएको अवस्थामा अदालत र नि’र्वाचन आयोगको विरोध गर्नुको कुनै अर्थ नभएको जिकिर नेपालले गरेका छन्। मानवीय आवेग विस्तारै कम हुँदै जाने भन्दै असहमतिबीच सहमति खोजेर अघि बढ्न र संवाद जारी राख्न उनले सुझाव दिएका छन्।

अध्यक्ष नेपालले सर्वोच्च अदालतबाटै आफूहरुको ह’कमा दलको ह्वीप नलाग्ने आदेश भइसकेको अवस्थमा संसदमा अवरोध गर्नु गलत रहेको उनले बताए। उनले संसद खुलाउन सभामुखले प्रतिपक्षीसँग कुरा गर्नुपर्नेमा पनि जोड दिए। एमालेले गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा ह्विप उ’लंघन गरेको भन्दै का’रबाही गरेपछि संसद सचिवालयमा पत्र पठाएको थियो। तर आफूले गरेको कारबाहीको सूचना सभामुखले न’टाँसेपछि एमाले आ’क्रोशित छ।

सरिता गिरि र माओवादीका चार सांसदको हकमा ता’त्तातै का’रबाहीको सूचना टाँसेका सभामुखले आफूलाई रा’जनीतिक आ’धारमा वि’भेद गरेको आ’रोप एमालेले लगाएको छ।

२०७८ पुष ३०, शुक्रबार प्रकाशित 1 Minute 55 Views

ताजा समाचार