२०७८ माघ ११ मंगलवार

धादिङबाट आयो नसोचेको खबर ! चालकसहित तीनजना बेपत्ता,,,

धादिङबाट आयो नसोचेको खबर ! चालकसहित तीनजना बेपत्ता (नामसहित) काठमाडौं, पुस २९ : धादिङको रुबीभ्याली गाउँपालिका–१ मा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन्। बिहान साढे ८ बजेको

समयमा बाटो खन्ने क्रममा माथिबाट आएको पहिरोमा परी तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यायल धादिङका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राकेश सिंहले जानकारी दिएका छन्।

उहाँका अनुसार बाटो खन्ने क्रममा पहिरो जाँदा बेपत्ता हुने तीन जनाकै पहिचान खुलेको छ । पहिरोमा परी बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ रहेका छन् ।

सडक खन्दै गरेको बेला माथिबाट खसेको पहिरो अहिले पनि खस्नेक्रम नरोकिएकोले उद्धार गर्न कठिन भएको स्थानीय शिक्षक टेक घलेले जानकारी दिनुभयो । रुबिभ्याली–१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा पहिरो खसेको हो ।

घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दूरीमा पर्ने भएकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

२०७८ माघ १, शनिबार प्रकाशित 0 Minutes 63 Views

ताजा समाचार