२०७९ जेष्ठ ८ आईतवार

बैदेशिक रोजगारीबाट फर्केर तरकारी खेतीमा रमाएका कृषक ! तरकारी लिन घरमै अटोको लाइन !!

राजु सुबेदी ‘कल्पित’ कावासोती। झन्डै सात बर्ष बैदेशिक रोजगारमा बिताएका तिलक गौतमको दैनिकी निकै व्यस्त बित्न थालेको छ अचेल । बिहान देखि बेलुका सम्मै तरकारि बारिमै भेटिनुहुन्छ तिलक ! दुइ बर्स अगाडी नेपाल फर्केर तरकारी खेती गर्ने योजना बनाएरै बिदेशबाट फर्किनुभएका तिलक आफ्नो पेशामा निकै खुशी र आशाबादी देखिनुहुन्छ । शुक्रबार हामि फर्ममा जादा उहाँ घ्यु सिमि टिप्न व्यस्त हुनुहुन्थ्यो। घ्यु सिमि टिप्दै टिप्दै उहाँले आफ्नो कृषि कर्ममा लागेदेखि सगालेको अनुभब हामि सग साट्नुभयो ।

व्यवशायिक तरकारी खेति गर्ने सोच बोकेर फर्किनु भएका तिलक जति बेला उहाँको कृषिफर्म मा लटरम्म लौका घिरौला काक्रा लगायात तरकारी तयार भयो तब नेपालमा को’भिडको पहिलो लाकडा’उन सुरु भयो। बिस्व नै डरले आक्रान्त भएको लकाडाउन मा नेपालीहरु पनि डरले घर बाटै निक्लेननन बजार बन्द भयो र सबारी साधना पनि । स्थानीय स्तरमै तरकारी खपत हुने अबस्था भएन स्थानीय छर छिमेकीलाइ त्यतिकै बाड्नुभयो कुहिनु भन्दा । त्यति गर्दापनि आधा तरकारी बारीमै कुह्यो लगानी सबै डुब्यो ।

त्यति हुदापनि उहाँ बिचलित हुनु भएन किनकि तरकारी खेतिमा नोक्सान उहाँको मात्र होइन धेरै किसानको भएको थियो। तरकारी ब्यबशायि मात्र होइन सबै ब्यबशायी को अवस्था तिलक को जस्तै भएको थियो। तिलक ले थप हिम्मत जुटाउनु भयो जे कुराले आफु नोक्सानी बेहुर्नु पर्यो त्यहि ब्यबशाय नै गरेर उठ्ने अठोट लिनुभयो र पुन तरकारी खेतीमै मिहनेत गर्न थाल्नुभयो ।

पहिलो लगानीनै डुबेपछि प्रायले पेशा बदल्छन तर तिलक गौतम ले त्यसो गर्नुभएन। उहाँको हिम्मत पनि टुटेन किन भने उहाँलाई आफ्नो जिबन साथीको भरपुर साथ् थियो । कृषि जेटिए गर्नुभएकी सरस्वती ढकाल गौतम देबचुली नगरपालिकाको कृषि प्राबिधिकमा कार्यरत हुनुहुन्छ। एकै क्षेत्रमा रहेर काम गर्दा निकै सहज भएको पनि तिलक गौतम स्विकार्नु हुन्छ। तरकारी खेतीमा अतिनै आबश्यक उन्नत बिउ बिजन, रोग पहिचान, बिसादिको ब्यबस्थापन लगायत प्राबिधिक सल्लाहाको लागि अन्त कहिँ जानु नपरेपछि थप उर्जा मिलेको छ तरकारी खेतीमा लागिरहन। छुट्टीको दिन दुबैजनाको दिन तरकारी फार्ममै बित्छ। ब्यबशायामा सफल हुनको लागि परिवारको साथ् चाहिन्छ भन्ने गतिलो उदाहरण बन्दै आउनुभएको छ गौतम दम्पती ।

तरकारी किन्न घरमै पहिलो लकडाउनमा तरकारी कुहिएको नमिठो घटना भोगेपनि त्यसपछि भने तरकारी खेतीमा कुनै सिजनमा पनि घाटा बेहोर्नु परेन तिलक गौतमले । फेरी फेरी लक्डाउन या सबारी निषेधाज्ञ भएपनि नेपाली जनता रोगले भन्दा नि भोकले मर्नु हुन् ठाने र पहिलाझैँ पूर्ण लक्डाउन पनि भएन जसकारण उत्पादित तरकारी त्यसै फाल्नु या कुहाउनु परेन । अहिले तरकारी किन्न गाडीहरु फार्म सम्मै आउछन। पछिल्लो समय साना गाडी (अटो)हरुले गाउँ गाउँ गएर तरकारी बेच्न थालेपछि अझै तरकारीको माग हुन् थालेको गौतम बताउनुहुन्छ । गाउँ गाउँ तरकारी बेच्न हिड्ने अटोहरु फर्ममै आएर तरकारी उठाउन थालेपछि बजारसम्मै पुर्याउने झन्झट पनि हटेको बताउनुहुन्छ ।

पाच बर्स साउदी अरब र तिस महिन युएईमा बिताएका तिलक गौतमले तरकारी खेति मा फाइदा र जिखिम बराबर भएको बताउनुहुन्छ। विदेश हुदा देखिनै आफुले के गर्ने भन्ने योजना बनाउन पनि सुझाब दिनुहुन्छ । विदेश हुदानै आफुले तरकारी खेति गर्ने सोच बनाएको र तरकारी खेति सग सम्बन्धित भिडियो तथा समाचार हेर्ने गरेको बताउनुहुन्छ। कति क्षेत्रफलमा तरकारी खेति गर्ने के के तरकारी खेति गर्ने माटोको परिक्षण बिउ बिजनको छनौट बिसादी ब्यबस्थापन पानीको व्यवस्थापन बजारको सुनिश्चितता र प्राबिधिक ज्ञान सहि तरिकाले हासिल गरिएन भने तरकारी खेतीमा निकै जोखिम हुने बताउनुहुन्छ गौतम ।

२०७८ माघ ५, बुधबार प्रकाशित 0 Minutes 86 Views

ताजा समाचार