२०७९ जेष्ठ ९ सोमबार

छोराहरूलाई बिचल्लि पारेर विवाहको १८ वर्षपछि धनुष र ऐश्वर्या रजनिकान्त अलग्गिए !

छोराहरूलाई बिचल्लि पारेर विवाहको १८ वर्षपछि धनुष र ऐश्वर्या रजनिकान्त अलग्गिए !

काठमाडौ : साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनी’कान्त शक्तिशाली जोडीका रुपमा चिनिन्छन् । तर अब यो जोडीले अलग्गिने निर्णय लिएका छन् ।

साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याले धनुषसँग अ’लग्गिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई दिएकी छन् । दुवैको विवाहको १८ वर्ष पुगेको छ । ऐश्वर्या रजनीकान्तका अलावा धनुषले पनि सामाजिक सञ्जालबाट

अलग्गिने निर्णय सुनाउँदै आफूहरुको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् ।‘हामी १८ वर्ष सँगै रह्यौं । यो समय हामी साथी, आमाबाबु, जोडी र एकअर्काको साथी बनेर बस्यौं ।
यो यात्रामा हामीले अगाडि बढ्नका लागि एकअर्कालाई सम्झियौं र धेरै कुरा भयो ।

आज हाम्रो बाटो अल’ग्गिँदैछ । म र ऐश्वर्या एक जोडीका रुपमा अलग हुँदैछौं । हामी अहिले हरेक विषयलाई अलग–अलग किसिमले सम्झिने को’शिस गरिरहेका छौं ।कृपया हाम्रो यो निर्णयको सम्मान गर्नुहोला र गोपनियताको अवसर दिनुहोला
धनुषले लेखेका छन् ।

धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए ।
उनीहरुको विवाह हुँदा धनुष केवल २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन् । दुवैको विवाह तमिल रीतिरि’वाज अनुसार भएको थियो । उनीहरुको दुई छोरा छन्, एकको नाम यात्रा राजा र अर्कोको नाम लिंगा राजा हो ।उनीहरुको जन्म क्रमशः २००६ र २०१० मा भएको थियो ।

२०७८ माघ ५, बुधबार प्रकाशित 0 Minutes 110 Views

ताजा समाचार