
काठमाडौं, माघ ८ – काठमाडौं उपत्यकाका काठमाडौं र भक्तपुरमा पाँच व्यक्ति मृत फेला परेका छन्। यहाँस्थित बूढानीलकण्ठ नगरपालिका–२, भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, काठमाडौं महानगरपालिका–१९, ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौं-१९ मा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तीनवटै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन्। प्रहरीले दिएको जानकारीअनुसार अन्दाजी २९/३० वर्षको पुरुष मृत अवस्थामा फेला परेका हुन्। अहिलेसम्म उनको नाम थर र ठेगाना भने खुलेको छैन।
शनिबार बिहान स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले शव उठाएर पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ।
यस्तै, भक्तपुर नगरपालिका- २ व्यासीमा एक किशोरीको शव फेला परेको छ। स्थानीय कृष्णप्रसाद कोजुकी १६ वर्षीया छोरी जेशिका कोजुको अव आफ्नै घरको कोठामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
शुक्रबार दिउँसो किशोरीलाई कोठामा झु ण्डिएको अवस्थामा फेला पारिएको परिसरका प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए। किशोरीले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।
किशोरी मृत्युको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए।